
पुनर्वासमा हावाहुरीका कारण ठूलो क्षति, अवरुद्ध सडक खोल्न डोजर लिएर मध्यराती मेयर गाउँगाउँमा
Above Article Content Ad
पुनर्वास- बुधबार एक्कासी आएको हावाहुरीका कारण कंचनपुरको पुनर्वासमा ठूलो क्षती पुर्याएको छ ।
हावाहुरीका कारण पुनर्वासमा घरका छाना उडाएको,बिधुतका पोल र रुखहरु भाचिएर सडक नै अवरुद्ध बनेको थियोे ।
Article inline ad #1
पुनर्वास नगरपालिका-५ को मुख्य सडक अवरुद्ध बनेपछि सडक खोल्न मध्यराती सम्म डोजर सहित पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ,वडाध्यक्ष पदम बहादुर रोकाया,वडा सचीव रामराज जोशी, प्रहरी र स्थानीयहरु खटिएका थिए ।
Article inline ad #2
“हावाहुरीले तहसनहस बनाएको छ । बिधुत र घरहरुमा पुर्ण क्षति पुर्याएको छ । नगर प्रमुख शर्माले भने, यस्तो विपदमा हामी सबैले एकअर्काको पीडामा सहयोग पुर्याउनुपर्छ ।”
हावाहुरीका कारण भौतिक क्षति धेरै भएपनी मानवीय क्षतिको कुनै विवरण नआएको प्रहरीबाट बुझिएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad