
अज्ञात समुहद्वारा पेस्तोल देखाएर दिउँसै एनएमबी बैंक लुटपाट
Above Article Content Ad
महोत्तरी – प्रायः दिउँसै बैंकहरु लुटपाट भएका घटनाहरु कमै सुनिन्छन । तर महोत्तरी जिल्लाको बजारमै रहेको एनएमबी बैंकको शाखामा दिउँसै लुटपाट भएको छ ।
मंगलबार दिउँसो साढे बाह्र बजेको समयमा ४/५ जनाको अज्ञात समुहले पेस्तोल देखाएर बैंकबाट नगद लुटपाट गरेको हो ।
Article inline ad #1
लुटपाटको खबर पछि ईलाका प्रहरी कार्यालय महोत्तरीको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
घटनाको विषय बैंकको सिसिटिभि फुटेजका आधारमा
जिल्ला प्रहरी कार्यालय महोत्तरी ,र ईलाका प्रहरी कार्यालय महोत्तरीको प्रहरी टोली लुटेराहरुको खोजी र घटनाका विषयमा अनुसन्धानमा खटिएको छ ।
Article inline ad #2
सो क्षेत्रका भारतीय सीमा नाका र आसपासका क्षेत्रमा अहिले प्रहरी टोली परिचालन गरी कडाई गरिएको छ । तर लुटेराले ३५ लाख लुटेको अनुमान गरिएपनि यथार्थ विवरण खुल्न बाकी रहेको बैंककै एक कर्मचारी श्रोतबाट बुझिएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad