Above Article Ad
  • पुनर्वासका वडाध्यक्ष श्रवणले गरिदिए भारतीय व्यक्तिको जन्ममिति प्रमाणित

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरमा नेपालपारि भारतबाट आएका एक नागरिकलाई नेपाली नै प्रमाणित गरेको पाइएको छ। जिल्लाको पुनर्वास नगरपालिका-८ को कार्यालयले यस्तो गरेको पाइएको हो। स्रोतका अनुसार वडाध्यक्षले कानुनविपरीत पारिका भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएका हुन्।

    ३ मार्च २०२३ मा पुनर्वास ८ का वडाध्यक्ष राना श्रवणले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालको अस्थायी बासिन्दा भन्दै ३ अप्रिल १९८० मा पुनर्वास नगरपालिका-८ मै जन्मिएको प्रमाणित गरेका हुन्।

    Article inline ad #1
  • बालमुर्गन भारतको मदुराईका स्थायी बासिन्दा रहेको बताइन्छ। उनको भारतीय आधारकार्ड पनि रहेको भेटिएको छ। भर्ना नम्वर ००१३–७९००६–०००१६ मा बालमुर्गनको भारतीय आधार कार्डको ८७२३२१६९१५२८ नम्बर देख्न सकिन्छ। बालमुर्गन नागर्जुन र बिमलाको छोरा भएकोसमेत सो अभिलेखमा उल्लेख्य गरिएको छ।

    Article inline ad #2

    आर्थिक वर्ष २०७९/०८० को पत्र संख्या उल्लेख गरिएको सो जन्म प्रमाणित कागजातको चलानी नम्बर ६२१ रहेको छ। यस विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपाल कुमार अधिकारीले भने सरकारी कागजात दुरुपयोग गरी सिफारिस गरेको भए सो विषयमा छानविन गरिने बताए।

    उता वडाध्यक्ष राना श्रवणको भने फोन नै लागेन। कानुनी प्रावधान अनुसार झुठ्ठा प्रमाणपत्र बनाउनेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयासम्म जरिवाना हुनसक्ने व्यवस्था छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • केशब भट्टराई

    भट्टराई यस मिडियाका सह–सम्पादक हुन् । उनी समसामयिक विषयमा कलम चलाउछन् ।
    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by