परिवर्तनले जनताको जीवनस्तर सुधार हुनुपर्छ : कानुनमन्त्री सिंह
धनगढी । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले परिवर्तनले जनताको जीवनस्तर सुधार हुनु पर्ने बताउदै प्रदेशको समृद्धी र जनताको जीवनस्तर सुधार्ने गरेर प्रदेश सरकारले काम गर्ने बताएका छन् ।
१६ औ गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मन्त्री सिंहले कानुनी आधारमा रहेर प्रदेशको विकासमा सरकार लागिपरेको दावी गर्दे युवाको जवानी विदेशमा होइन स्वदेशमा खर्चिने वातावरण बनाउने समेत बताए ।
प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आथित्यता सुदूरपश्चिम प्रदेश सरकारले १६ औ गणतन्त्र दिवस मनाएको हो ।
सो कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सभाका सदस्यहरु, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारीहरुको उपस्थिति थियो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरु आयोजना गरिएको थियो । त्यसअघि धनगढी बजारमा प्रभातफेरि समेत आयोजना गरिएको थियो ।