Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा दोस्रो वडा स्तरीय सरस्वती कप फुटबल प्रतियोगिता हुने

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा वडा स्तरीय फुटबल प्रतियोगीता हुने भएको छ । पुनर्वास नगरपालिका वार्ड नंम्बर १० को सरस्वती टोल बिकास समितिको आयोजनामा दोस्रो वडा स्तरीय सरस्वती कप फुटबल प्रतियोगिता २०८१ हुने भएको हो । प्रतियोगीता बैशाख ५ गते बाट लालझाडी युवा क्लव ११ को खेल मैदानमा हुदै छ । “लागु औषध बिरुद्ध हाम्रो गोल” भन्ने मुल नाराका साथ प्रतियोगीताको आयोजना गरीएको सरस्वती टोल बिकास समिति पुनर्वास १० का अध्यक्ष रोशन रनेनीले जानकारी दिनुभयो ।पछिल्लो समय युवाहरु लागु औषध दुब्र्यवसनीमा बढ्दै गएकाले खेलकुद मार्फत उनिहरुलाई ब्यस्त बनाएर सुरक्षित जीबनयापनमा सहयोग पुगोस भन्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । यस्तै यस प्रतियोगीतामा कञचनपुर जिल्ला भित्रका खेलाडीहरुले मात्रै सहभागीता जनाउन सक्ने उहाँले बताउनुभयो । विभिन्न खेलहरुमा बाहिर बाट खेलाडी ल्याउने, स्थानीय खेलाडीले खेल्न नपाउने समस्या रहेकाले यस्तो नियम बनाएको उहाँ बताउनुहुन्छ ।
    यस्तै प्रतियोगीतामा प्रथम पुरस्कार रु ४० हजार र द्धितिय पुरस्कार २० हजार सहित आकर्षक ट्रफी, प्रमाण–पत्र र मेडल रहेको खेल संयोजक तेज खातीले जानकारी दिनुभयो । यस्तै अन्य बिधा तर्फ पनि पुरस्कार रहने छ । प्रतियोगीतामा १६ टिमको सहभागीता रहने र प्रत्येक टिममा १८ जना खेलाडी हुनुपर्ने, सम्बन्धित वडा भन्दा बाहिर बाट कुनै पनि खेलाडी समाबेस गराउन नपाइने खेल संयोजक खाती बताउनुहुन्छ ।

    प्रतियोगीतामा अनिवार्य रुपमा जर्सी जुत्ता, प्याड र मोजा लगाउनु पर्नेछ भने खेल एन्फा र फिफाको नियम अनुसार खेल खेलाईने उहाँले बताउनुभयो । खेल खेल्दा कुनै पनि चोट पटक लागेमा सामान्य प्राथामिक उपचार बाहेक स्वयम खेलाडी अथवा सम्बन्धीत टिमले नै जिम्मेवारी रहने छ । प्रतियोगितामा कुनै पनि बादबिवाद सिर्जना भए आयोजकको निर्णय नै अन्तिम हुने उहाँले बताउनुभयो । खेल बराबर भएको खण्डमा ट्राई ब्रेकरमा लगिने छ । प्रतियोगीताको मख्य प्रयोजन पुनर्वास नगरपालिका वार्ड नम्वर १० ले गरेको छ भने सहप्रयोजन फारवेष्ट इन्टरनेशनल स्कुलले गरेको छ ।

    Article inline ad #1
  •  

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button