Above Article Ad
  • स्व. डम्मर बहादुर सोपको स्मृतिमा पुनर्वासमा रक्तदान कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पुनर्वास ११, अमरबस्तीमा दलित सशक्तीकरण समाज पुनर्वासको आयोजनामा स्व. डम्मर बहादुर सोपको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक नरेस सिजापतीले जानकारी दिनुभयो ।पछिल्लो समय रगतको अभाव सिर्जना भएको र आफ्नो बाबाको स्मृति तथा संस्थाको आयोजनामा पुण्यको काम गर्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो । पछिल्लो समय गाउँघरमा पनी रक्तदान कार्यक्रमहरु सञ्चालन गरेर भोलीका दिनहरुमा युवाहरुलाई रक्तदान गर्नुपर्छ भन्ने मनोभाव सिर्जना गराउने उद्देश्यका साथ रक्तदान गरीएको उहाँले बताउनुभयो ।
    रक्तदान कार्यक्रममा बोल्दै दलित सशक्तीकरण समाज पुनर्वासका अध्यक्ष राम सिंह बिश्वकर्माले रगत अभावका कारणले कसैको मृत्यु नहोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरीएको बताउनुभयो । आफुहरुको तर्फबाट बिरामीहरुलाई थोरै भएपनी सहयोग पुगोस् भनेर बाबाको स्मृतीमा रक्तदान कार्यक्रम गर्नु भएकोमा नरेस सिजापती र सुरेस सिजापती प्रती उहाँले आभार ब्यक्त गर्नुभयो ।
    स्व. डम्मर बहादुर सोपको स्मृतिमा भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको आयोजकले जनाएका छ । साथै रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई सम्मान समेत गरीएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button