Above Article Ad
  • पालिकामा कुनै पनि भ्रष्ट्राचार भए त्यसको भण्डाफोर गर्नुपर्छ : अध्यक्ष राना

    Above Article Content Ad
  • कञ्चनपुर ,
    आर्थिक अनियमितता नियन्त्रण तर्फ आफ्नो ध्यानाकर्षण भइ रहेका बेला सामाजिक सञ्जालमा गलत अफवाफ फैलाइएको कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले बताएका छन् ।
    पालिको नाम जोड्दै भ्रष्ट्राचार गरेको भन्दै विभिन्न गलत अफवाह फैलाएको प्रति पालिकाले ध्यानाकर्षण जनाएको हो ।

    सोमबार बेलडाँडी गाउँ पालिकाले दसैँ शुभकामना आदान प्रदान तथा पत्रकारसँगको छलफलमा केही मिडिया र सामाजिक सञ्जालमा आएका समाचार गलत भएको पालिकाले बताएको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • स्थानीय चुनाव भएको ४ महिना नबित्दै स्थानीय सरकार आर्थिक अनियमितताको वृक्षारोपण गर्न लागेको भन्ने समाचार गलत भएको र त्यस्ता अफवाह प्रति पालिकाको गम्भीर ध्यानाकर्षण भएको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले बताए ।

    Article inline ad #2
  • पछिल्लो पटक भदौ २४ गते बसेको कार्यपालिका बैठकले गरेका निर्णयहरूमा केही निर्णय गत आर्थिक वर्षमा भुक्तानी दिन बाँकी रहेका बिलहरूलाई आर्थिक वर्षमा कसरी स्वीकृत गर्नुपर्ने भनेर केही निर्णयमा रकम हाल्न छुटेको बताए । उनले आगामी बस्ने कार्यपालिका बैठकले सो बारे निर्णय गर्ने बताए । यस्तै पालिकाका कुनै पनि सूचना, सन्देश प्रकाशन गर्नुपुर्व कार्यादेश लिएकोलाई मात्रै भुक्तानी दिने र जथाभाबी प्रकाशन गरेर पछि बिल पेश गरेकालाई स्वीकृत नगर्ने समेत निर्णय भएकोले आगामी दिनहरूमा पनि यस्ता कार्य नगरिदिन उनले सबैमा आग्रह गरे ।

    यस्तै पालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले पत्रकार राज्यको चौथो अङ्ग भए पनि केही पत्रकारले सत्य तथ्य नबुझी समाचार प्रकाशन गरेको बताए । उनले पालिकामा कुनै पनि भ्रष्ट्राचार भए त्यसको भण्डाफोर गर्नुपर्छ भन्ने पक्षमा रहेको उनले बताए । यदि कुनै कर्मचारी,जनप्रतिनिधिबाट त्यस्तो हुन गएमा पत्रकारले कलम चलाइदिन समेत आग्रह गरे । अध्यक्ष रानाले बेलडाँडीमा बाहिरबाट ल्याएर कुनै पनि कर्मचारी नराखेको बताए । आफू निर्वाचित भइसकेपछि पालिकामा चार महिना भइसक्दा पनि अहिले सम्म आफुले इन्धन नलिएको अध्यक्ष रानाले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button