
मतदान पछि मतदातालाई यसरी सम्झिन पुर्व मन्त्री मगर
पुनर्वास – आज सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान शान्तिपुर्ण ढंगबाट सम्पन्न भएको छ ।
कंचनपुर निर्वाचन क्षेत्र १ का ५२ मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएपछि लोकतान्त्रिक बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी पुर्व मन्त्री बीना मगरले मतदाता र अहोरात्र खटिने सम्पुर्णलाई सामाजिक संजालबाट सम्झिएकी छन् ।
पुर्व मन्त्री मगरले सामाजिक सञ्जाल फेसबुक मार्फत
आज सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मलाई र वाम-लोकतांत्रिक गठबंधनका उम्मेदवारहरूलाई आफ्नो अमुल्य मत दिनु हुने कन्चनपुर-१ का सम्पुर्ण आदरणिय मतदाताज्यूहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो निर्वाचनमा दीनरात खट्नु हुने गठवन्धन दलमा आबद्ध सवै नेता,कार्यकर्ताहरू मेरा सम्पुर्ण शुभेच्छुक शुभचिन्तकहरु पत्रकार साथीहरू सुरक्षाकर्मी एवं राष्ट्रसेवक कर्मचारीहरू निर्वाचन आयोग प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। भन्दै स्टाटस लेखेकी हुन् ।
त्यस्तै मतदान सम्पन्न पछि मतदाताहरु मत परिणामको नतिजा सुन्न निकै आतुर देखिन्छन । तर मत गणना भने भोली (सोमबार) बिहान ८ बजेबाट सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।