Above Article Ad
  • नेपाल सुनचाँदी कला व्यवसायी संघको प्रथम साधारणसभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको दक्षिणी क्षेत्रका सुनचाँदी व्यवसायीहरुको हकहित संरक्षणका लागि गठन भएको नेपाल सुनचाँदी कला व्यवसायी संघ कञ्चनपुरको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

    बिहिबार एक भव्य समारोहका बीच पुनर्वास नगरपालिका–६ स्थित पुनर्वास न्यु सम्राट रेष्टुरेण्टको सभाहलमा संघको प्रथम साधारणसभा सम्पन्न भएको हो ।

    Article inline ad #1
  • संस्थापक अध्यक्ष मिनबहादुर सुनारको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको बिशिष्ट अतिथीमा नेपाल सुनचाँदी कला व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष विष्णुभक्त बराईली हुनुहुन्थ्यो । भने अतिथीहरुमा उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझी,संघका केन्द्रिय कार्यकारी निर्देशक हरिप्रसाद रसाईली,घोडाघोडी नगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष दिनेश सोव लगायतका व्यक्तित्वहरु आसिन रहनुभएको थियो ।

    Article inline ad #2

    प्रमुख अतिथी नगर प्रमुख तोय प्रसाद शर्माले काम कर्तव्यसंगै अधिकार तर्फ पनि ध्यान केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।

    उहाँले पहिले विकट क्षेत्र भएकाले गाउँघरमा सुनारलाई घरमै बोलाएर गरिन्थ्यो । अविश्वास बढी हुन्थ्यो । अहिले सुनचाँदी व्यवसायी प्रती विश्वसनीयता बढ्दै गएको बताउनुभयो ।

    व्यवसायीको लागि नगरबाट गर्नुपर्ने आवश्यक सहयोगका लागि आफु तयार रहने जानकारी दिनुभयो ।
    त्यस्तै,अध्यक्ष मिनबहादुर सुनारले कंचनपुरको हेपिएको ठाउँका रुपमा रहेको यस क्षेत्रमा निकै प्रयासका बाबजुद हामी एकजुट हुन सक्यौं यहि हाम्रो खुशी रहेको बताउनुभयो ।

    “हामीले कुनै राजनिति गर्नका लागि बनाएको संगठन होईन,हामी व्यवसायीको सहजताका लागि हो ।” उहाँले भन्नुभयो,“आगामी दिनमा पनि संघलाई बलियो बनाउन सबैको सर्मर्थन र ऐक्येबद्धता आवश्यक छ ।”

    कार्यक्रममा उपस्थित अतिथीहरुले निकै राम्रो सहभागिता देख्दा खुशी व्यक्त गर्दै व्यवसायीहरुका विभिन्न समस्या र जटिलतालाई सहज बनाउन व्यवसायीलाई एकजुट गराई संघले गरेको कार्य निकै राम्रो रहेको बताउनुभएको थियो ।

    त्यसैगरी, बन्द सत्रमा प्रवेश गरेको कार्यक्रमले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

    भेलाबाट नयाँ कार्यसमितिको अध्यक्षमा मिनबहादुर सुनार,उपाध्यक्षमा उमेश विश्वकर्मा,सचिवमा सोम सुनार पौडेल,कोषाध्यक्षमा नगेन्द्र बहादुर विश्वकर्मा त्यस्तै,सदस्यहरुमा सन्तोष बिश्वकर्मा, पुजा विश्वकर्मा, विजय सोव,टेकबहादुर सुनार, दिपक सुनार र सिमरन सुनारलाई सर्वसम्मत रुपमा चयन गरिएको थियो ।

    बेलौरी–पुनर्वासका सुनचाँदी व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष उमेश बिश्वकर्माले राख्नुभएको कार्यक्रमको सञ्चालन संघका सचिव सोम सुनार पौडेलले गर्नुभएको थियो ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by