
अख्तियार कार्यालय कंचनपुरमा २दिनको अवधिमा आर्थिक अनियमितता विरुद्ध १२ उजुरी
Above Article Content Ad
धनगढीः सुदूरपश्चिममा २ दिनको अवधिमा आर्थिक अनियमितता विरुद्ध १२ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको छ।
प्रदेशभित्र आर्थिक अनियमितता बढ्न थालेपछि उजुरीकर्ताको संख्यामा समेत वृद्धि हुँदै गएको हो।
Article inline ad #1
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका अनुसार यही कार्तिक १ र २ गते २ दिनको अवधिमा मात्र १२ वटा उजुरी दर्ता गरिएको छ। इमलेबाट ५, हुलाक सेवाबाट तीन र लिखित रुपमा गरेर १२ उजुरी अख्तियारको कार्यालय कञ्चनपुरमा दर्ता गरिएको हो।
Article inline ad #2
संघ, प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्दै आएका योजनासँग सम्वन्धित रहेर अख्तियारमा उजुरी दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा सबैभन्दा बढी साउन महिनामा आर्थिक अनियमितता सम्वन्धि उजुरी दर्ता गरिएको छ। साउन महिनामा मात्र एक सय १४ उजुरी कार्यालयमा दर्ता भएको पाइएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad