
जनशक्ति आधाभुत बिद्यालयमा २७ जना बालबालिकालाई न्यानो लुगा वितरण
पुनर्वास-पुनर्वास नगरपालिका १ बलभद्र बस्ति स्थित जनशक्ति आधारभुत बिद्यालयमा अध्ययनरत २७ जना बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।
बिद्यालयमा स्थापना गरिएको अक्षयकोष रकमको ब्याज बाट बिद्यालय मा अध्यनरत गरिब विपन्न तथा जेहेन्दार २७ जना बालबालिकालाई एक कार्यक्रमको आयोजना गरि न्यानलुगा वितरण गरिएको हो ।
बिद्यालयमा स्थापना गरिएको १ लाख ६७ हजार २६२ रूपैया को ब्याज रकमबाट बिद्यालय मा अध्ययनरत कक्षा १ देखि कक्षा ८ सम्मका अति विपन्न तथा जेहन्दार बिध्यार्थिहरूलाई न्यानो लुगा वितरण गरिएको बिद्याका प्रधानअध्यापक शमशेर बहादुर तामाङले बताए ।
बिद्यालयका गरिब विपन्न बालबालिकालाई अध्ययनका लागि सहज होस भन्ने उदेश्य ले बिद्यालयका पुर्व प्र अ टेकबहादुर बिस्वकर्माले स्वर्गीय बुवाआमा मुण्डाराज भिमकुमारी बिस्वकर्मा स्मृति अक्षयकोष रकम रू १ लाख १ हजार १११ , त्यसैगरी पुनर्वास नगरपालिका ६ निवासी तथा रोजगारीको सिलसिलामा हाल अमेरिकामा बस्दै आएका शिव बिष्टले शिव गोमा अक्षयकोष वापत ५१ हजार १५१ एबं पुनर्वास नगरपालिका ६ प्रतिभानगर का व्यवसायी जयदेब भट्ट ले स्थापना गरेको चन्द्रदेब भट्ट स्मृति अक्षयकोष रकम रू १५ हजा गरि १ लाख ६७ हजार २६२ ब्याज रकमको १३ हजार ८३० रकमले उक्त न्यानो लुगा वितरण गरिएको प्र अ तामाङले बताएका छन ।
बिद्यालयका गरिब तथा जेहेन्दार बालबालिकालाई न्यानो लुगा वितरण गर्न पाउदा खुसि लागेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष ससक बहादुर तामाङले बताए ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सुक बहादुर तामाङ को सभापतित्वमा भएको कार्यक्रम को सञ्चालन शिक्षक लालबहादुर मगरले गरेका थिए ।















