
शिक्षक संघ कञ्चनपुरको अध्यक्षमा बिरेन्द्र भण्डारी
कञ्चनपुर । नेपाल शिक्षक संघ कञ्चनपुरको अध्यक्षमा बिरेन्द्र भण्डारी चयन भएका छन । नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको ९औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भण्डारी चयन भएका हुन ।
सहमतीय आधारमा भण्डारी चयन भएको नेपाल शिक्षक संघ कञ्चनपुरका नेताहरुले बताएका छन । उपाध्यक्ष नविन सिह धामी, महिला उपाध्यक्षमा ईन्द्र साउद, सचिव विष्णूदत्त जोशी, अर्थसचिव धर्मराज पण्डित, सह सचिव चक्र बहादुर महरा, महिला सहसचिव ज्योती बोहरा, अर्थ महिला सह सचिव गिता रावल, समावेसी सह सचिव राम ब. राना, बीर ब. विक, सदस्य तर्फ दानबिर साउद, महाबिर चन्द, गणेशदत्त शर्मा, विष्णूदत्त पाण्डेय, देवि शाह चन्द, हर्का बोहरा, ईश्वरी भट्ट रहेका छन ।
प्रदेश प्रतिनिधीमा बिष्णूसिह भण्डारी, मान बहादुर कठायत, अमर बुढा, हरक सिह धामी, पदमा साउद, बसुन्धरा खत्री, ज्ञानु ऐर, संघीय प्रतिनिधीमा यज्ञराज पण्डित, टेकराज अवस्थी, पुष्पराज भट्ट, दुर्गा प्रशाद शर्मा,नेत्र बहादुर पनेरु, राधिका कोईराला, जानकी जोशी(भट्ट) रहेका छन । नेपाल शिक्षक संघ कञ्चनपुरको अध्यक्षमा चयन भएका बिरेन्द्र सिह भण्डारीले शिक्षको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।