Above Article Ad
  • जान अन्जानमा  मालसामान चोर्नेलाई पुनर्वास नगरपालिकाकाको अनुरोध “मालसामान बुझाउनुस्”

    Above Article Content Ad
  • पुनर्वास-भदौ २४ गते देशभर  जेनजी युवाहरूको आन्दोलन प्रदर्शन भइरहँदा कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि युवाहरूले आन्दोलन सुरु गरेका थिए।

    युवाहरूको आन्दोलनले उग्र रुप लिएपछि पुनर्वास नगरपालिका कार्यालयलाई टार्गेट बनाएर नगरपालिका कार्यालयमा तोडफोड, आगजनीसँगै सवारी साधनहरूमा समेत तोडफोड र आगजनी गरेका थिए ।

    Article inline ad #1
  • जेनजी युवाहरूले‌ लगाएको आगोले नगरपालिका रातभरि दन्दनी जलिरहेको थियो। तर केही व्यक्तिहरूलाई भने मौका मिलेझैँ भएको देखियो।

    Article inline ad #2

    नगरपालिकामा आगजनी भएपछि कयौ व्यक्तिहरू पीडाले छटपटीरहेका थिए भने  केहि मान्छेले रातभर नगरपालिकाका कम्प्युटर, प्रिन्टर, टेबल दराज, एसी लगायतका थुप्रै सामानहरू आफ्ना घरमा ओसार्नमै रात बिताए ।

    नगरपालिकाबाट माल सामानहरू चोरी भएपछि कार्यालयले सामान जान अन्जानमा लैजाने व्यक्ति हरुलाई भदौ २७ गते देखी कार्यालयमा बुझाइ सहयोग गर्न अनुरोध गरेको विषय नगरपालिकाका अधिकृत शंकर बोगटीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

    यदि नबुझाएको खण्डमा विभिन्न भिडियो, फोटो र व्यक्तिहरूको स्रोतका आधारमा माल सामानहरू नियन्त्रण गरी कानुनी मार्ग अपनाइने पनि नगरपालिकाले जनाएको छ।

    आगजनीबाट अत्यावश्यक कागजातहरू र औषधिहरू जलेर पुरै नष्ट भएको छ ।

    नगरपालिकाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ रहेपनि युवाहरूको माहोल थामिनसक्नु भएपछि  प्रशासनहरूले पनि नगरपालिका कार्यालयको सुरक्षाबाट हार खानु परेको थियो ।

    बिहिबार पुनर्वास नगरपालिकाले  एक सूचना जारी गर्दै सम्पूर्ण दस्तावेजहरू जलेर नष्ट भएको र अर्को सूचना नहुन्जेलसम्म  कार्यालयबाट हने सेवा प्रवाहमा असमर्थ रहेको पनि जनाएको छ ।

    देशमा अब के हुन्छ । भन्ने विषयले जनमानसमा एक किसिमको त्रास पनि देखिरहेको छ । यसको समाधान के हुनसक्छ भन्ने विषय पनि अन्यौल छ। वर्तमान परिपेक्षमा देश नेतृत्व विहिन छ । नेपाली सेनाहरू सर्वत्र सडकमा खटाइएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by