Above Article Ad
  • पुनर्वासमा सुआहाराको पोषण कार्यक्रम

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वासमा सुआहाराको पोषण कार्यक्रम आयोजना गरिएको छ ।
    आईतबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको अध्यक्षतामा नवजात शिशु र आमाहरुका लागि पोषणको आवश्यक्त र महत्वका विषयमा सुआहाराको पोषण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख शर्माले सुआहाराको पोषण कार्यक्रम निकै उपयोगी भएको बताए । उनले बच्चा र आमाको पहिलो स्वास्थ्य आधार नै पोषण भएको तर्क दिए । यस्ता कार्यक्रम आगामी दिनमा निरन्तर सञ्चालन गर्न संस्थालाई अनुरोध समेत गरेका थिए ।
    महिला तथा बालबालिकाका विषयलाई लक्षित गरिएको पोषण कार्यक्रमको उपयोगिता, महत्व र उद्धेश्यका विषयमा प्रोजेक्टरको सहायताबाट सुआहारकी प्राविधिक संयोजक रजनी चौधरीले प्रकाश पारेकी थिईन ।
    कञ्चनपुरका ९ वटै पालिकामा सुआहाराको पोषण कार्यक्रम मार्च २०१६ देखि सञ्चालनमा रहेको एनएनएसडब्लुएका फिल्ड संयोजक खगेन्द्र बिष्टले जानकारी दिए ।

    Article inline ad #1

  • संस्थाले दुई वर्षमुनिका बच्चा र आमाको पोषण स्थितीमा सुधार ल्याउने कार्यक्रमको लक्ष्य रहेको फिल्ड संयोजक बिष्टले बताए ।
    युएसएआईडीको आर्थिक सहयोग एचकेआईको प्राविधिक सहयोग एनएनएसडब्लुए मार्फत सुआहारा कार्यक्रमद्धारा सञ्चालित उक्त कार्यक्रम ३० सेप्टेम्बर २०२२ मा सम्पन्न हुने जनाईएको छ ।
    पुनर्वास नगरपालिकाको सभाहलमा सञ्चालित कार्यक्रममा पुनर्वास नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, निर्वतमान नगर प्रमुख लगायत स्थानिय बुद्धिजीविहरुको उल्लेख्य सहभागिता थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button