Above Article Ad
  • भोलीबाट सुरु हुँदै सातौँ लालझाडी कप फुटबल प्रतियोगिता

    Above Article Content Ad
  • कञ्चनपुर,१९ फागुन । भोलि फागुन २० गतेबाट सुरु हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । लालझाडी युवा क्लब ११ पुनर्वासको आयोजनामा भोलिबाट सुरु हुन लागेको मोहन गुरुङ स्मृति वडा अध्यक्ष सातौँ लालझाडी कपको तयारी पुरा भएको आज आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

    कोरोना लगायतका कारण केही वर्ष रोकिएको लालझाडी कप यस वर्षबाट फेरि निरन्तर रूपमा हुने क्लबका अध्यक्ष काशीराम बोहराले बताए ।फागुन ३० गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको मुख्य प्रायोजकमा पुनर्वास नगरपालिका वडा नम्बर १० रहेको छ भने सह प्रयोजकमा श्री चन्द्र सूर्य इँटा उद्योग पुनर्वास १० रहेको छ ।

    Article inline ad #1
  • यस्तै प्रतियोगिताको संरक्षकमा पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका कञ्चनपुर जिल्ला फुटबल सङ्घ रहेको छ ।  ड्रिम एजुकेशन कन्सल्टेन्सी सेन्टर धनगढीले म्यान अफ द म्याचको पुरस्कार प्रदान गर्ने भएको छ । यस्तै उत्कृष्ट खेलाडी प्रायोजकमा सुदूरपश्चिम फुटबल एकेडेमी पुर्नवास,उत्कृष्ट फरवार्ड प्रायोजकमा एमबीएल स्टिल एण्ड आल्मुनियम उद्योग धनगढी,उत्कृष्ट मिड फिल्डरको प्रायोजकमा एबीडी निमार्ण सेवा धनगढी रहेको छ ।

    Article inline ad #2

    यस्तै रिदम फलसिलिङ डेकोरेसन हाउस धनगढीले उत्कृष्ट डिफेन्सको पुरस्कार दिनेछ भने डी एण्ड डी ट्रेड एण्ड कनर्स उत्कृष्ट गोल रक्षकको प्रायोजकमा जोडिएको छ । प्रतियोगिताको सर्वाधिक गोल कर्ता प्रायोजकमा श्री विजय मावि पुनर्वास १०,उदयीमान खेलाडी श्री फारवेष्ट ईन्टरनेशनल स्कुल पुनर्वास १० रहेको छ ।

    बैङ्किङ पार्टनरमा माछापुच्छ्रे बैक पुनर्वास ३ कञ्चनपुर जोडिएको छ भने हस्पिटल पार्टनरमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी र मिडिया पार्टनरमा नागरिक आवाज अनलाइन जोडिएको छ ।

    प्रतियोगितामा १६ टीमको सहभागिता रहनेको सो प्रतियोगिताको विजेताले  दुई लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी र दृतिय हुनेले नगद एक लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी पाउने क्लबका अध्यक्ष बोहराले जानकारी दिए ।

    यस्तै उत्कृष्ट खेलाडीलाईलाई दश हजार,उत्कृष्ट फरवार्ड ,उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकर्ता, र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच र पाँच हजार प्रदान गरिने छ भने प्रत्येक म्याचको म्यान अफ द म्याचलाई एक हजार एक सय दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापाले गर्ने कार्यक्रम तय भएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by