
पुर्नवास र बेलौरीमा २ सय ३९ जना निर्वाचन प्रहरी परिचालन
कञ्चनपुर — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि कञ्चनपुरको पुनर्वास र बेलौरीमा २ सय ३९ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ।
पुनर्वास नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा १ सय १९ जना निर्वाचन प्रहरी खटाइएको छ। जसमा ८४ जना पुरुष र ३५ जना महिला रहेका छन्।
त्यसैगरी, इलाका प्रहरी कार्यालय बेलौरीमा पनि १ सय २० जना निर्वाचन प्रहरी परिचालन गरिएको छ। बेलौरीमा खटाइएका निर्वाचन प्रहरीमध्ये ५८ जना पुरुष र ६२ जना महिला रहेका छन्।
हालै भर्ना गरिएका निर्वाचन प्रहरीलाई ४० दिनका लागि परिचालन गरिने इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिनुभयो।
खटाइएका निर्वाचन प्रहरीको उमेर १८ देखि ५४ वर्षसम्म रहेको छ। उनीहरूलाई निर्वाचन सुरक्षासम्बन्धी आवश्यक तालिम इलाका प्रहरी कार्यालयले प्रदान गर्ने प्रहरी निरीक्षक कार्कीले बताउनुभयाे।
















Apply now and unlock exclusive affiliate rewards!