Above Article Ad
  • स्ववियु निर्वाचन : जनता क्याम्पसमा नेविसंघका सभापति विकास खड्का सहितको प्यानल निर्वाचित

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास स्थित जनता क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा नेविसंघका सभापति विकास खड्का सहितको प्यानल निर्वाचित भएको छ ।

    बहुदलीय प्रजातन्त्र स्थापना काल देखिनै कम्युनिस्ट गढका रुपमा रहेको पुनर्वासमा पहिलो पटक बाम विद्यार्थीहरुको गढ भत्काएर नेविसंघले झण्डा गाढेको छ ।

    Article inline ad #1
  • मतगणना सम्पन्न भएसँगै विजयी उम्मेदवारहरूको घोषणा गरिएको हो । कुल सदर मत ११९ मा नेविसंघ सभापति पदका उम्मेदवार विकास खड्काले ४५ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका प्रविन भुलले ४० मत र अखिल क्रान्तिकारीका मनोज साउद ३२ मत पाएका थिए ।

    Article inline ad #2

    सचिवमा नेविसंघका एकिन्द्र सिंह ठकुरी ५० मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियु का अपिल नेपालीले ३७ मत ल्याएका छन् । अखिल क्रान्तिकारीका सचिव पदका उम्मेदवार शुनिल लुहारले २९ मत पाएका छन् ।

    त्यस्तै कोषाध्यक्षमा नेविसंघ कि जानकी कुमारी पाध्याले ५३ मत ल्याएर बिजयी भएकी छिन । कोषाध्यक्ष मा अनेरास्ववियु कि अस्मिता कुमारी थापाले ५१ मत पाएकी छिन ।

    त्यसै गरि सदस्यहरुमा नेविसंघका सरिता ऐडी ५२ , पुजाबिष्ट ५१ र करुणा लुहागनले ५० मत ल्याएर बिजयी भएका छन ।

    निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ । पुनर्वासमा रहेको जनता क्यामपसमा नेविसंघको प्यानललाई निर्वाचनमा जिताउन नेपाली काँग्रेस कञ्चनपुरले जिल्ला सदस्य यज्ञ खड्कालाई प्रतिनिधि खटाएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by