
नेपालगञ्जबाट बाजुराका लागि उडेको तारा जहाजको आकाशमै ढोका खुलेपछि………..
बाजुरा – नेपालगञ्जबाट बाजुराको कोल्टीका लागि यात्रु बोकेर आएको तारा एयरको जहाजको बीच बाटो आकाशमै ढोका खुलेपछि जहाज उडान रोकिएको छ ।
कर्णाली नदी हुदै आएको ढल् ब्प्ी जहाजको ढोका खुलेको थाहा भएपछि कोल्टी विमानस्थलमा तत्काल अवतरण गरेर तारा एयरको जहाज नेपालगञ्ज नपाएको नागरिक उड्डयन कार्यालय कोल्टीका प्रमुख श्रीकृष्ण रिजालले जानकारी दिए ।
तारा एयरको जहाज विमानस्थल आइपुग्ने बेलामा ढोका खुलेको खवरपछि तत्काल जहाज अवतरण गराई जहान विमानस्थलमा राखिएको बताए ।
शुक्रबार नागरिक उड्डयनका इन्जिनियर आएर ढोका खुल्नुको कारण खुलाएपछि मात्र उक्त जहाज उडान गराउने प्रमुख रिजालले बताए ।
यात्रु बोकेर आएको जहाजको के कति कारणले ढोका खुलेको हो,भन्ने बारेमा एकिन हुन नसकेको नागरिक उड्डयन कोल्टीमा प्रमुख रिजालको भनाई छ ।
विमान नजिकै आइपुग्ने बेला ढोका खुलेपछि जहाजमा रहेका यात्रुहरुमा रुवाबासी चलेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाबाट जोगिएको जहाजमा चालकदल सहित २१ यात्रु सवार थिए ।