Above Article Ad
  • पुनर्वासमा सकियो व्यवसायीको संघर्ष, के घट्ला बैंकको ब्याजदर ?

    Above Article Content Ad
  • पुनर्वास – बैंकको चर्को ब्याजदरका विरुद्ध एक हप्ता देखि व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । कर्जा लिँदाको समयमा तोकिएको ब्याजदरलाई बैंकले दोब्बर ब्याजदर लागु गरी व्यवसायीहरुलाई थप मार्कामा पारेको भन्दै व्यवसायीहरु आन्दोलन गर्न बाध्य भएका हुन् ।

    उद्योग वाणिज्य संघ पुनर्वासको नेतृत्वमा शान्तिपूर्ण तरिकाको आन्दोलनबाट सुरु गरिएको पहिलो चरणको संघर्षका कार्यक्रमहरु व्यवसायीहरुले नियमित “फलोअप” सँगै शुक्रबार बैंकका अगाडी कोण सभा गर्दै सम्पन्न गरेका थिए । त्यस्तै बुधबार उद्योग वाणिज्य संघ पुनर्वास र बेलौरीको संयुक्त नेतृत्वमा बजार बन्द गरी बैंक तथा वित्तिय संस्थाहरु प्रति चर्को नाराबाजी गर्दै सरकार पक्षको ध्यानाकर्षण गराउन ईलाका प्रशासनमा ज्ञापन पत्र बुझाएको हो ।

    Article inline ad #1
  • बिहानै देखि दिउँसो बाह्र बजे सम्म पसल बन्द गरेर संघर्षमा उत्रिएको व्यवसायीहरुको आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै पुनर्वास क्षेत्रका बैंकहरुले सटर डाउन गरी समर्थन देखाएका थिए ।

    Article inline ad #2

    पहिलो चरणका संघर्षका कार्यक्रमलाई सम्पन्न गरेपनि बैंकहरुले आफ्ना मागहरुलाई सम्बोधन गर्दै चर्को ब्याजदर परिमार्जित नगरेसम्म आन्दोलनरत रहने उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझीले बताए । अध्यक्ष रायमाझीले केन्द्रिय वाणिज्य संघ र प्रदेशको आन्दोलको सेडुलमा आज “नो डिपोजिट” भनिएको कार्यक्रममा पुनर्वासले पनि एक्येवद्धता जनाउँदै नियमित संघर्षका कार्यक्रममा सक्रिय रहने जानकारी दिए 

    विरोध कार्यक्रममा पुनर्वास क्षेत्रका सम्पूर्ण उद्योगी व्यवसायीहरुको उल्लेख्य सहभागितामा पहिलो चरणका संघर्षका कार्यक्रम सम्पन्न त भए तर बैंकको ब्याजदर घट्ने कि नघट्ने भन्ने विषय अहिले अन्यौल छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by