Above Article Ad
  • अनेरास्ववियुको २३ औं अधिवेशनबाट केन्द्रिय सदस्यमा झिनो मतले जितेका हिमेशको राजनितिक यात्रा

    Above Article Content Ad
  • पुनर्वास – राज्यलाई सुशासन तर्फ लैजाने चिन्ताका साथ हरप्रहर युवा जमातसँगै विभिन्न संघर्षका पक्षमा दौडिने युवाहरु मध्येका एक युवा हुन् हिमेश थापा ।
    कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा जन्मिएका थापा गौरी शंकर माध्यमिक बिधालय, शिदार्थ पब्लिक स्कुल र काठमाडौको माउन्ट ग्लोरी स्कुलबाट एसईई अध्ययन गर्दै गर्दा राजनितिमा निकै चासो राखेका थापा विस्तारै राजनितिमा प्रवेश गरे ।
    वि.स.२०७० सालको संघीय निर्वाचनबाट एमाले पार्टीको विचार र सिद्धान्त प्रति आर्कषण भई २०७२ बाट काठमाडौंको शंकरदेव क्याम्पसमा अध्ययन गर्दा गर्दै विधार्थी राजनिति सुरु गरेका थापा अनेरास्ववियु कञ्चनपुरको संयुक्त जिल्ला कमिटी सदस्य भए । उनी संगठनका विभिन्न आन्दोलनमा सक्रिय हुँदै नेकपा दुई धारमा टुक्रिएपछि केहि समय समाजबादी सम्बद्ध निकट संगठनमा प्रवेश गरे ।
    देशमा युवा नेतृत्वको खाँचो रहेको कुरालाई मध्यनजर गर्दै केहि समयको अन्तराल पछि अनेरास्ववियुमा फर्किएर संघ र प्रदेश सभाको निर्वाचनमा पार्टीलाई जिताउन अहोरात्र होमिए ।
    त्यस्तै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रीय पदाधिकारीमा कञ्चनपुरबाट तीन विद्यार्थी नेता निर्वाचित भएका छन ।

    अनेरास्ववियूको काठमाण्डौँमा सम्पन्न भएको २३ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ समिति चयनका लागि भएको निर्वाचनमा कञ्चनपुरबाट केन्द्रीय पदाधिकारीमा मार्यादा विष्ट, राजेन्द्र बोहरा र सदस्यमा हिमेश थापा निर्वाचित भएका थिए ।

    Article inline ad #1
  • May be an image of 1 person, beard and text

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button