बेलौरीमा पौष ११ देखि कृषि पर्यटन मेला लाग्ने
कञ्चनपुरको बेलौरीमा कृषि पर्यटन मेला लाग्ने भएको छ ।
‘गरिब तथा अनाथ बालबालिका सहयोगार्थ’ मुल नारा लिएर बेलौरीमा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको हो । पुष दोस्रो सातादेखि तेस्रो बेलौरीकाे खुला मञ्चमा कृषि पर्यटन मेला हुने आयाेजकले जनाएकाे छ ।
बेलौरी नगरपालिका ४ शान्तिपुरमा रहेको शान्ति माविका पुर्व विद्यार्थीको आयोजनामा उक्त महोत्सव सञ्चालन हुन लागेकाे हाे । पूर्व विद्यार्थी समाजको आयोजनामा ११पुष (सोमबार)देखि मेला संचालन हुने आयोजककाे कथन छ ।
आइतबार गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संरक्षक प्रेम बहादुर थापाले शान्तिपुर माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीको शैक्षिक उन्नती र दक्षिणी क्षेत्रको कृषि पर्यटन विकासका लागि मेला आयाेजना गरिएको बताए ।
‘मुख्यतया हाम्रो शान्ति माविमा भूतपूर्व विद्यार्थीले मेला संचालन गर्न लागेका हुन, ‘उनले भने, ‘महोत्सवबाट हुने आम्दानीले अनाथ जेहेन्दार विद्यार्थीको शैक्षिक स्तरबृद्धिका लागि खर्च गछौँ ।’ दक्षिणी क्षेत्र कृषिका लागि उर्बराभूमि रहेको बताउदै उनले कृषि उपजको समेत प्रर्दशन गरिने बताए ।
महोत्सवमा विभिन्न व्यवसायिक १५० स्टल राखिने समेत जनाइएको छ । मेलामा सुदूरपश्चिम पहाडी थारु समुदायका मौलिक खानेपरिवारदेखि कृषि उत्पादित बस्तु तथा सेवा प्रर्दशन गरिने छ । महोत्सवमा स्थानीय एव राष्ट्रिय कलाकारद्वारा बेजोड साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने बताइएको छ ।
महोत्सवबाट अनाथ वालबालिका र जेहेन्दार विद्यार्थीको पढाईमा टेवा पुग्ने, दक्षिणी क्षेत्रको कृषि पर्यटन प्रर्बद्धन हुने विश्वास गरिएको छ । २० पाेैष सम्म संचालन हुने महोत्सव लाखौँ दर्शकबाट अवलोकन हुने अपेक्षा गरिएको संरक्षक थापाले जनाए ।