Above Article Ad
  • कांग्रेसका प्रमुख सचेतक लेखकद्वारा नेपाल प्रेस युनियन कञ्चनपुरको कार्यालय उद्घाटन

    Above Article Content Ad
  • महेन्द्रनगर । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आफ्नो कार्यालय स्थापना गरेको छ । भीमदत्त नगरपालिका-१८ स्थित संचार चोकमा कार्यालय स्थापना गरिएको नेपाल प्रेस युनियन कञ्चनपुरका सचिव देवेन्द्र खड्काले बाताए ।

    विहिवार नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कार्यालयको उद्वघाटन गरेका छन् । कार्यालयको उद्वघाटन गर्दै प्रमुख सचेतक लेखकले बधाई तथा शुभकामना दिदै निरन्तरताका लागि आग्रह गरे । यस्तै उनले आफू प्रेस स्वतन्त्रताको पक्षधर रहेको समेत बताए ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • “म प्रेस स्वतन्त्रताको पक्षधर हो ।” उनले भने ” पत्रकारिता निष्पक्ष हुनु पर्दछ । कांग्रेसको शुभेच्छुक संस्था युनियन हु भन्दैमा कांग्रेसले गरेका गतल गतिविधि बारे नलेख्ने भन्ने हुदैन । निष्पक्ष तरिकाले काम गर्नु होला ।”

    Article inline ad #2
  • यस्तै उनले आफू विगतमा पत्रकारिता पेसा बाट आएकोले पत्रकारका दुख समस्या बुझेको बताउदै कार्यालय व्यवस्थापनका लागि सक्दो आवश्यक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

    कार्यक्रममा नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेज सिंह मुस्कानले धन्यवाद व्यक्त गर्दै कार्यालय स्थापना भइसकेपछी अब सम्पूर्ण पत्रकार साथिहरु विच कोर्डिनेशन भइरहने बताए ।

    कार्यक्रममा नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका महासचिव हरिश भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव धामी, नेपाली कांग्रेस भीमदत्त नगरसभापती अच्युत कलौनी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button