Above Article Ad
  • सुकुम्बासी समस्या समाधानकै कसरतमा पुनर्वासका जनप्रतिनिधि

    Above Article Content Ad
  • पुनर्वास– वर्षौ देखि पुनर्वासमा भोगचलन गर्दै आएको ऐलानी जमिनको लालपुर्जा वितरणको कसरतमा पुनर्वासका जनप्रतिनिधि देखिएका छन् ।

    निर्वाचनका बेला चुनावी एजेण्डा बनाएको सुकुम्बासी समस्यालाई निर्वाचित पछि नगरमा पहिलो निर्णय गर्दै जनप्रतिनिधिहरु निकै तदारुकताका साथ सुकुम्बासी समस्या समाधानका पहलमा देखिएका हुन् ।

    Article inline ad #1
  • सुकुम्बासीको संकलित तथ्यांकलाई कम्प्युटरमा प्रविष्टी, अस्थायी निस्सा वितरण लगायतका काम सकिए लगत्तै जग्गा नाप नक्शांकन गर्ने कार्यलाई निरन्तरता गर्दे जतिसक्दो चाँडै लालपुर्जा वितरणको प्रयासमा रहेको नगर प्रमुख तोयप्रसाद शर्माले बताउनुभयो ।

    Article inline ad #2

    उहाँले हामी जनप्रतिनिधि आशावादी रहेका सुकुम्बासीलाई लालपुर्जा दिनका लागि भुमि आयोग कार्यालयसँग प्रत्यक्ष समन्वयमा रहेको जानकारी दिनुभयो ।

    मंगलबार पुनर्वास नगरपालिकाले भुमी आयोग कञ्चनपुर, मालपोत कार्यालय बेलौरी, नापी कार्यालय बेलौरी र नगर कार्यपालिका सहितको अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button