Above Article Ad
  • साईन नेपालद्वारा डोटीमा तीन महिने निशुल्क सिलाई कटाई तालिम

    Above Article Content Ad
  • डोटी – मानवीय सेवामा अनेकौ प्रयास संस्था कैलालीको आयोजनामा तीन महिने निशुल्क सिलाई कटाई तालिम शुरु भएको छ ।

    तालिमको आइतबार दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय सिंह खड्का बाजीले उद्घाटन गर्नुभएको हो ।

    Article inline ad #1
  •  

    Article inline ad #2

    तालिमको उद्घाटन गर्दै नगर प्रमुख खड्काले तालिममा लगनशील भएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपलाई दैनिक ब्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्न सुझाव दिनुभयो ।

    “हामी सबैसँग क्षमता छ आँफूसँग भएको क्षमतालाई सकारात्मक पाटोमा प्रयोग गर्नुहोस्”आयोजक संस्था मानवीय सेवामा अनेकौं प्रयासका अध्यक्ष जोशीले भन्नुभयो, “अब क्षमता लुकाएर होईन प्रयोगमा ल्याएर आर्थिक विकासतर्फ लाग्नुहोस् ।”

    उहाँले महिला दिदीबहिनीहरुलाई सिलाई कटाई सम्बन्धी निशुल्क तालीम दिएर उद्यमशीलता तथा सिलाई कटाई तर्फ उन्मुख गराएको बताउनुभयो । संस्थागतरुपमा दक्ष कामदार उत्पादन गर्ने मुख्य उद्धेश्यले तीन महिने निशुल्क सिलाई कटाई तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष जोशीले बताउनुभयो । तालिमको दौरानमा सिलाई कटाईका लागि आवश्यक पर्ने सामाग्री सहयोग गर्ने बताउनु भयो ।

    “महिला दिदीबहिनीहरुलाई सीप सिक्ने यो एउटा महत्वपूर्ण अवसरकोरुपमा मैले लिएको अध्यक्ष जाेशी ले भन्नुभयो, “तसर्थ तालिममा सिकेका सीपलाई दैनिक ब्यवहारमा लागू गर्न सके आम्दानीको पाटोकोरुपमा विकास गर्न सकिन्छ । ३ महिने तालिम पश्चात सिलाई मेसिन पनि दिईने अध्यक्ष जाेशीले जानकारी दिए ।

    दिपायल सिलगढी नगरपालिकाले सिफारिस गरेका २० जना र शिखर नगरपालिकाले सिफारिस गरेका २० जना गरी तालिममा ४० जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको छ । उक्त संस्थाले सुदुरपश्चिममा पछाडि परेका समुदायको विकास लागि विगत लामो समयदेखि काम गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6