Above Article Ad
  • दार्चुलामा पुल निर्माणका लागि हर्क साम्पाङ सुदूरपश्चिममा, श्रमदानका लागि जनआह्वान

    Above Article Content Ad
  • धनगढी- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) दार्चुलामा पुल निर्माण गर्ने उद्देश्यसहित सुदूरपश्चिम पुगेका छन्। सोमबार बिहान काठमाडौँबाट प्रस्थान गरेका उनी धनगढी विमानस्थल पुगेपछि त्यहाँबाट दार्चुलातर्फ अघि बढेका हुन्।

    साम्पाङले आफ्नो श्रमदान अभियानमा लाखौँ मानिसहरू जोडिएको दाबी गर्दै दार्चुलामै आवश्यक सामग्री खरिद गरेर स्थानीय स्तरमै श्रमदानमार्फत पुल निर्माण गरिने जानकारी दिए। उनले यो अभियान कुनै राजनीतिक उद्देश्यले नभएको उल्लेख गर्दै सुदूरपश्चिम क्षेत्रमा अहिलेसम्म श्रमदानको अभ्यास कम भएकाले अब त्यसको सुरुवात गर्न लागिएको बताए।

    Article inline ad #1
  • यसअघि सोमबार बिहानै सामाजिक सञ्जालमार्फत उनले आफू दार्चुलातर्फ श्रमदानका लागि निस्किएको जानकारी दिँदै सबैलाई सहभागी हुन आग्रह गरेका थिए। उनले लेखेका थिए, “म त लागेँ है दार्चुला! आउनु है श्रमदान गरेर पुल बनाउन! विदेशी ऋण किन लिने? म त लागेँ!”

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6