Above Article Ad
  • पुनर्वासका मेयर शर्माद्वारा प्रथम एपिएस कपको उद्घाटन

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–८, स्थित अलंकार पब्लिक स्कुलले आयोजना गरेको प्रथम एपिएस कप फुटबल प्रतियोगिताको उद्घाटन भएको छ ।

    शुक्रबार पुनर्वासका नगर प्रमुख तोयप्रसाद शर्माले पानसमा बत्ति बाल्दै, ब्यानर बाचन गरेर बागिश्वरी माध्यमिक बिद्यालयको प्राङ्गणमा खेलको उद्घाटन गर्नुभएको हो ।

    Article inline ad #1
  • पुनर्वास–बेलौरीका सामुदायिक तथा संस्थागत १९ बिधालयको सहभागिता रहेको सो फुटबल प्रतियोगिता फागुन ९ गते सम्म सञ्चालन हुने विधालयका शिक्षक तथा खेल संयोजक लक्ष्मण ओझाले जानकारी दिनुभयो ।
    उद्घाटन सत्रमा भएका तिन खेलमा पुनर्वास–७ बालबागिश्वरी माध्यमिक बिधालयलाई शुन्यका विरुद्ध २ गोल प्रहार गर्दै बेलौरीको उग्रतारा बाल बिधालय विजेता बनेको थियो । त्यस्तै दोस्रो खेलमा पुनर्वास–९ सिताबस्तीलाई शुन्यका विरुद्ध ७ गोल प्रहार गर्दै आयोजक रहेको अलंकार पब्लिक स्कुल विजेता बन्यो भने , तेस्रो खेलमा पुनर्वास–१,पुरैनाको ब्रिलियन्ट बोर्डिङ स्कुललाई शुन्यका विरुद्ध ५ गोल प्रहार गर्दै राष्ट्रिय माध्यमिक बिधालय बिचफाँटा विजयी भएको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by