Above Article Ad
  • पुनर्वासको भिमबस्तीमा फाल्गुन २० देखि सातौं लालझाडी कप फुटबल प्रतियोगिता हुने

    Above Article Content Ad
  • पुनर्वास/ पुनर्वास नगरपालिका–१० भिमबस्तीमा लालझाँडी युवा क्लब ११ को आयोजनामा सातौं लालझाडी कप फुटबल प्रतियोगिता –२०७९ हुने भएको छ ।
    शनिबार क्लबको खेल मैदानमा आयोजित पत्रकार सम्मेलन मार्फत फाल्गुन २० गते देखि ३० गते सम्म फुटबल प्रतियोगिता हुने आयोजकले जनाएको हो ।
    क्लबका सदस्य मोहन गुरुङको स्मृतिमा फुटबल प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष कासीराम बोहराले जानकारी दिनुभयो ।
    कोरोना लगायतका कारण केही वर्ष रोकिएको लालझाडी कप यस वर्षबाट फेरि निरन्तर रूपमा सुरु गरिएको क्लबका अध्यक्ष बोहराले बताउनुभयो ।
    फागुन ३० गते सम्म सञ्चालन हुने सो प्रतियोगिता कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ स्तरीय हुनेछ । प्रतियोगितामा १६ टीमको सहभागिता रहने र सो प्रतियोगिता एन्फा रेर्फीद्धारा खेलाइने समेत उहाँको भनाई थियो ।

    प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ साथमा सानदार ट्रफी र द्वितीय हुनेले नगद १ लाख ११ हजार १ सय ११ नगद र साथमा सानदार ट्रफी पाउने प्रतियोगिताका संयोजक तथा क्लबका सचीव अमित कुमार वि.क.ले जानकारी दिनुभयो ।
    त्यस्तै उत्कृष्ट खेलाडीलाई दश हजार, उत्कृष्ट फरवार्ड , उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकर्ता, र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच ÷पाँच हजार प्रदान गरिने छ भने, प्रत्येक म्याचको म्यान अफ द म्याचलाई १ हजार १ सय दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको इन्ट्री फिस १० हजार तोकिएको छ । प्रतियोगिता क्लबको खेलमैदान पुर्नवास १० भिमबस्तीमा हुने क्लबका महासचिव हर्क दानपालीले जानकारी दिनुभयो।
    पत्रकार सम्मेलनमा फुटबलको ट्रफी तथा प्रोफाईल सार्बजनिक गरिएको थियो। यस्तै कार्यक्रममा सल्लाहकार समितीका सदस्यहरुलाई सम्मान समेत गरिएको छ। क्ल्बका सदस्यहरु बिष्णु बि.क., बालकृष्ण शर्मा, पुनर्वास– १० र ११ का वार्ड अध्यक्ष सुकदेब राना र तुलसी अर्याल सम्मानित हुनु भएको छ् । यस्तै, प्यारेलाल राना, बाबुराम रेग्मी, नारद खडाका, कृष्ण सिंह ठकुरी, रमेस मल्ल समेत सम्मानित हुनुभएको छ। यस्तै क्लबले सल्लाहकार सदस्यहरु खडक ब. बोहरा, सुर्य बि.क., रमेस गौतम, दिपक बडायक, गणेश मल्ल, ममता टमाटा, राम ब. राना, बिष्णु के.सि., चेत ब. बिष्ट, सुर्य प्रसाद सापकोटा, देब सिह ठकुरी लगायत सम्मानित हुनु भएको छ। यस्तै रामकृष्ण बि.क, जय ब. राना, सेवाराम राना, गुरु प्रसाद चौधरी, राजेश राना, नरेश सिजापती र राजेश कुमार राना सम्मानित हुनु भएको छ।
    क्लबले सामाजिक कार्य गर्दै आइरहेको छ । वार्षिक कार्यक्रम मार्फत यस अघि साबिक बाइसी बिचवा गा.बि.स. अन्तर्गतका सामुदायिक विद्यालय अंलकार आधारभूत विद्यालय,पशुपति आधारभूत विद्यालय,नवदोय आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयका कक्षा एकमा अध्ययनरत एक सय पाँच जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिसकेको छ ।
    यस्तै क्लबले सहिद दिवसको अवसरमा माघ १५ गते पाँचौँ लालझाडी कप विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०७९ पनि सम्पन्न गरिसकेको छ । यस्तै लालझाडी गाउँपालिका वडा नम्बर १ नौरङ्गामा रहेको स्वास्थ्य केन्द्र भवनमा माघ २१ गते निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिसकेको छ । सो स्वास्थ्य शिविरमा ८ सय भन्दा बढी नागरिक लाभान्वित भएका थिए ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by