Above Article Ad
  • कुलतविरुद्ध खेलकुदको सन्देश, अरनिको र हिमाल फ्रेन्ड्सबीच ४–४ गोलको रोमाञ्चक बराबरी

    Above Article Content Ad
  • पुनर्वास– “लागूऔषधविरुद्ध हाम्रो लडाइँ, लागूऔषध छोडौँ” भन्ने मूल नाराका साथ अरनिको खेलकुद विकास समिति तथा अरनिको युवा क्लबको आयोजनामा एकदिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

    पुनर्वासमा आयोजित मैत्रीपूर्ण खेलमा हिमाल फ्रेन्ड्स पुनर्वास–११ र अरनिको युवा क्लब पुनर्वास–२ बीच रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल भएको थियो। निर्धारित खेल अवधिमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो।

    Article inline ad #1
  • फुटबल खेलको क्रममा दुवै टोलीले आक्रामक तथा आकर्षक फुटबल प्रस्तुत गरेका थिए। मैदानमा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनसँगै दर्शकहरूले समेत खेलको भरपूर मनोरञ्जन लिएका थिए। मैत्रीपूर्ण प्रतिस्पर्धामार्फत खेलकुदको विकाससँगै युवाबीच आपसी मित्रता, सहकार्य र सकारात्मक सोचको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

    Article inline ad #2

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी तथा युवा नेता माइकल तामाङ, विशिष्ट अतिथिका रूपमा खेलप्रेमी तथा समाजसेवी निशान तामाङ, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा कार्यसमितिका सहसचिव एवं ग्लोबल एचडी टेलिभिजनका पत्रकार किशोर तामाङ उपस्थित थिए। यस्तै, अतिथिका रूपमा अरनिको युवा क्लबका टिम म्यानेजर गोपाल तामाङ तथा हिमाल फ्रेन्ड्सका टिम म्यानेजर सुदीप घर्तीको उपस्थिति थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले युवालाई सकारात्मक गतिविधिमा जोड्न र लागूऔषधको दुर्व्यसनबाट जोगाउन यस्ता खेलकुद तथा सामाजिक कार्यक्रम निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिए। “कुलतले जीवन खोस्छ, खेलकुदले भविष्य बनाउँछ, लागूऔषध त्यागौँ, खेलकुद रोजौँ र स्वस्थ समाज निर्माणमा हातेमालो गरौँ।” उनले युवाहरूलाई लागूऔषधबाट टाढा राख्नु परिवार, समाज र राज्य सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै प्रत्येक व्यक्तिले आफ्नो ठाउँबाट सचेतना र रोकथामका लागि योगदान गर्नुपर्ने बताए।

    “युवाको हातमा खेलकुदको बल होस्, लागूऔषधको होइन” भन्ने सकारात्मक सन्देश प्रवाह गर्दै आयोजित यस प्रकारका कार्यक्रमले कुलतमा फसेका तथा कुलततर्फ आकर्षित भइरहेका युवालाई नयाँ बाटो रोज्न प्रेरित गर्ने विश्वास लिएको आयोजक अरनिको युवा क्लब का सचिव जीवन तामाङले बताए।

    खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक एकताको आधारसमेत भएकाले युवालाई खेलमैदानसँग जोड्न सके लागूऔषधलगायतका सामाजिक विकृतिबाट टाढा राख्न महत्वपूर्ण योगदान पुग्ने सहभागीहरूले बताएका छन्।

    अरनिको युवा क्लब का अध्यक्ष सुर्य तामाङ ले आगामी दिनमा पनि युवाको प्रतिभा पहिचान, खेलकुदको विकास तथा लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6