Above Article Ad
  • पुनर्वासमा पनि मनाईयो १९ औ राष्ट्रिय धान दिवस कार्यक्रम

    Above Article Content Ad
  • कञ्चनपुर १५ असार
    “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्पर्धामा सहयोग” भन्ने राष्ट्रिय मुल नारा सहित १९ औ राष्ट्रिय धान दिवस पुनर्वासमा भब्य रूपमा मनाईएको छ ।

    पुनर्वास नगरपालिका कृषि शाखाले आयोजना गरेको धान दिवस कार्यक्रम पुनर्वास नगरपालिका- ७ का एक किसानको खेतमा धान रोपेर मनाईएको हो ।

    Article inline ad #1
  • सो अवसरमा प्रमुख आतिथ्यबाट बोल्दै नगर प्रमुख तोयप्रसाद शर्माले बिधुतिय सिचाइमा आफु विशेष जोड दिईरहेको अबको केहि समय पश्चात पुनर्वासका किसानले सिचाईको समस्या झेल्नु नपर्ने बताए ।

    Article inline ad #2

    बिधुत प्राधिकरण सुदूरपश्चिम क्षेत्रीय निर्देशकसंग बिधुतिय सिचाइका लागि कुरा बढाईसकेको र क्षेत्रीय निर्देशकबाट सकारात्मक प्रतिबद्धता समेत प्राप्त भएको नगर प्रमुख शर्माको भनाई छ ।

    ” कृषि प्रधान देश नेपालमा किसानलाई कुनै प्रकारको अभाव हुनु राम्रो होइन ।” उनले भने, किसानलाई समयमै बीउ मलको व्यवस्थापन मिलाउन समेत स्थानीय सरकार लागि परेको छ ।”

    नगर प्रमुख शर्माले पुनर्वास नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउन एकैबाट सम्भव नहुने यसमा सबैले हातेमालो गरि अघि बढ्नुपर्ने आवश्यक रहेको बताए ।

    त्यस्तै कार्यक्रममा नगर उपप्रमुख भुलिया कुमारी रानाले मंगलबार चट्याङमा परि दिवंगत भएका दुई किसान देबेन्द्र श्रेष्ठ र शारदादेवी थापा प्रति स्मरण गर्दै समवेदना प्रकट गरिन ।

    हालै सम्पन्न एघारौं नगर सभाको नगर अधिवेशन बाट किसानलाई बिनियोजन गरिएको बजेट न्युनतम भएको र किसानलाई प्रयाप्त बजेट दिने चाहना हुंदाहुदै पनि देशमा भएको आर्थिक संकटका कारण पूरा गर्न नसकिएको उनले बताईन ।

    सो अवसरमा किसानको प्रतिनिधित्व गर्दै पुनर्वास- ८ का सफल किसान दशरथ शर्माले भने स्थानीय सरकारले वास्तविक किसानलाई सेवा सुबिधाबाट बञ्चित गर्दै आएको गुनासो गरे ।

    वास्तविक किसानको पहिचान गरी पावर र पहुँचको आधारमा दोहोरो सुबिधा दिने व्यवस्था अबका दिनमा बन्द गरिनुपर्ने उनले बताए ।

    पुनर्वास नगरपालिका- ७ का अध्यक्ष मुलचन्द रानाको सभापतित्वमा भएको धान दिवस कार्यक्रममा नगर प्रमुख तोया प्रशाद शर्मा प्रमुख अतिथिमा रहेका थिए । भने बिशिस्ट अतिथिमा नगर उप प्रमुख भुलिया कुमारी राना रहेकी थिईन ।

    सो अवसरमा पुनर्वास वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका ११ जना उत्कृष्ट कृषकलाई जनहि ३ हजार ७५० रूपैया र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियोे ।

    कृषि शाखा प्रमुख कर्णबहादुर शाहीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सञ्चालन कृषि शाखा कर्मचारी खडक बहादुर बिश्वकर्माले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button