
प्याब्सन पुनर्वासले मनायो राष्ट्रिय बाल दिवस
पुनर्वास– “बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी” भन्ने राष्ट्रिय नारा सहित देशभर ५९ औं बाल दिवस मनाइएको छ ।
देशभर बाल दिवस मनाईरहँदा शुक्रबार निजि बिधालयहरुको संगठन प्याब्सनले पनि विविध कार्यक्रम गरी ५९ औं बाल दिवस मनाएको हो ।
पुनर्वास प्याब्सनका अध्यक्ष बालकृष्ण ढकालको सभापतित्व तथा प्याब्सन सुदुरपश्चिम प्रदेशका सल्लाहकार राजेन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्याब्सन जिल्ला सदस्य चन्द्र सिँह बोगटी लगायत बिभिन्न बिधालयका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
प्याब्सन पुनर्वासका कोषाध्यक्ष हेम थापाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिब पुष्पराज ओझाले गरेका थिए ।
प्रभात फेरी गर्दै पुनर्वासका आधारभुत तथा माध्यमिक तहका १४ बिधालयको सहभागिता रहेको उक्त कार्यक्रममा वक्तित्वकला,हाजिरी जवाफ मेमोरी रेस (स्मरण दौड) आयोजना गरिएको प्याब्सन पुनर्वासका अध्यक्ष बालकृष्ण ढकालले जानकारी दिए ।