Above Article Ad
  • सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदै

    Above Article Content Ad
  • धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउने भएको छ। आज अपराह्न सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दै छ।

    संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्नेमा सोही तयारी सुदूरपश्चिम सरकारको पनि छ। प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि आज बेलुका ५ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

    Article inline ad #1
  • प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३० अर्ब हाराहारीको बजेट ल्याउने जनाएको छ। चालु आर्थिक वर्षको लागि भने प्रदेश सरकारले ३१ अर्ब ५३ करोडकाे बजेट ल्याएकाे थियो। आर्थिक सर्वेक्षणअनुसार हालसम्म आठ अर्ब ७९ करोड ५१ लाख बजेट मात्र खर्च भएको छ। चैत मसान्तसम्म १० अर्ब ९८ करोड ९ लाख बचत रहेको छ भने तीन अर्ब ८५ लाख ६६ हजार घाटा राजश्व रहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6