
पुनर्वासमा अभियान लघुवित्तद्वारा सदस्यहरुमा वित्तीय साक्षरता तालिम
पुनर्वास, २८ माघ । ‘पेवा बचत, हाम्रो बचत’ भन्ने नाराका साथ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा पुनर्वासले पुनर्वास नगरपालिका- ४, घ गाँउका संस्थामा आवद्ध महिला सदस्यहरुलाई दुर्गा मा. बि.मा वित्तीय साक्षरता तालिम प्रदान गरेको हो ।
तालिममा भुरीगाँउ अनुगमन कार्यालय प्रमुख मधु सुदन निरौला वित्तीय सस्थाको कार्य, महत्व, लघुवित्तको इतिहास, कार्यहरु, सेवाहरु, बिमाको महत्व, रेमिटान्स सेवाको परिचय, बचतको महत्व, किन बचत गर्नुपर्छ , लघुवित्त सस्थाले उपलब्ध गराउने धितो तथा बिनाधितो कर्जाको प्रक्रिया, कर्जा भुत्तानीको तरिका, कर्जा सदुपयोगिताको महत्व, कर्जा सुचना केन्द्रको कार्य, ऋणी कालो सुचिमा पर्दा हुन सक्ने समस्या र ग्रामिण क्षेत्रमा आत्मनिर्भर हुन कसरी लघु उधम गर्ने, आफ्नो लघु ब्यवसाय ब्यवसायिक बिकास गरी आम्दानी बृद्धी गराउने र लघु बिमाको महत्व बारे प्रशिक्षण दिएका थिए ।
३५ जना महिलाहरुको सहभागिता रहेको तालिममा आई.बि.आर.डी. शाखा प्रमुख यशोदा सिंह थापाले संस्थाको परिचय, शाखाको गतिबिधि तथा सेवा प्रवाह बारे जानकारी दिनु भएको थियो ।
तालिमका सहभागी महिलाले साक्षरता कार्यक्रमबाट आफुहरुलाई वित्तीय ज्ञान बृद्धिमा गर्न सहयोग मिलेकोले दिगो ब्यवसायिक कार्यको लागि घर गाँउमा ब्यवसाहिक बाख्रापालन तालिम संचालन गर्न अनुरोध गरेका थिए ।