Above Article Ad
  • प्रदेश सांसद बिष्टद्वारा हुलाकी सडक निर्माणमा लापर्वाही गर्ने ठेकेदारलाई कार्वाहीको माग

    Above Article Content Ad
  • कञ्चनपुर,२७ माघ । कञ्चनपुरको क्षेत्र नम्बर १ मा रहेको हुलाकी सडक खण्डको निर्माण कार्यमा लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभाका सदस्य दिवानसिंह बिष्टले माग गरेका छन् ।

    सुदूरपश्चिम प्रदेश सभाका सदस्य दिवान सिंह विष्टले हुलाकी राजमार्ग योजना कार्यालय धनगढीलाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाउँदै निर्माण कार्यमा लापरबाही गर्ने निर्माण कम्पनीलाई कार वाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

    Article inline ad #1
  • पाँच पटक सम्म म्याद थप गर्दा पनि निमार्ण कम्पनीको लापरबाहीका कारण समयमै काम नहुँदा स्थानीय सास्ती खेपिरहेका छन् ।

    Article inline ad #2

    कञ्चनपुरको क्षेत्र नम्बर १ मोहना नदी, बेलौरी,बेल्डाँडी हुँदै दैजी जोड्ने हुलाकी सडक २०७३ फागुन १ गते शर्मा राजेन्द्र जेभी सँग र फागुन १२ गते बाबा हंस सिद्धि साई जे।भीसंग भएको सम्झौता अनुसार २०७६ भदौ १५ र भदौ २६ गते भित्र दुवै निमार्ण कम्पनीले निमार्ण कार्य सम्पन्न गरिसक्नुपर्ने भएता पनि पटक पटक म्याद थप गर्दा समेत निमार्ण कार्य पुरा हुन नसकेको हो । निमार्ण कार्य पुरा गर्न समयाअवधि रहेका सडक योजना तुरुन्त समय अवधि भित्र सम्पन्न गर्न माग गरेका हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button