Above Article Ad
  • पुनर्वासको डोकेबजार नजिकैबाट कुखुरा खोरमा जुवा खेलिरहेका ६ जुवाडे पक्राउ

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–११, चौकीडाँडाबाट(डोकेबजार) जुवा खेलिरहेको अवस्थामा ६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
    आईतबार साँझ ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको आरआईटी प्रहरी टोलीले कुखुरा खोरमा जुवातास खेलिरहेका ६ जना जुवाडेलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–११ शिवपुर बस्ने ४८ वर्षिय नर बहादुर धामी, धनगढी–३ बस्ने २९ वर्षिय सागर ऐर, २८ वर्षिय रमेश भाट, २४ वर्षिय भरत बहादुर माली, धनगढी–.५, हसनपुर बस्ने ३४ वर्षिय कृष्ण जोशी र धनगढी–८ क्याम्पस रोड बस्ने ३४ वर्षिय दिनेश मल्ल रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक नरेशराज मल्लले जानकारी दिए ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • चौकीडाँडा स्थित बिशाल चौधरीको पुरानो छोडेको कुखुरा खोरमा जुवातास खेलिरहेका भन्ने बिशेष सुचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई नगद सहित पक्राउ गरेको हो ।

    Article inline ad #2
  • पक्राऊ परेका उनीहरुको साथबाट नगद ७१ हजार २ सय २५ रुपैयाँ नगद, एक गड्डी तास, तीनवटा चटाई र एक कम्बल समेत नियन्त्रणमा लिई आवश्यक प्रक्रिया गरि थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक मल्लले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button