Above Article Ad
  • दलित सहकारीद्वारा पुनर्वास–बेलौरीका १५ जना बृद्ध बृद्धलाई सम्मान

    Above Article Content Ad
  • पुनर्वास
    कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा रहेको दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बृद्धवृद्धालाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

    सोमबार सहकारीले बृद्धवृद्धाहरूको सहायता शुभारम्भ एबं सम्मान कार्यक्रमको आयोजना गरि पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका १५ जना बृद्धवृद्धालाई सम्मान गरेको हो ।
    उमेरले ७५ बर्ष नाघेका १५ जना बृद्ध बृद्धलाई खिर खुवाई एक एक थान न्यानो कम्बल वितरण गरि सम्मान गरिएको थियो ।
    संस्थाको २५ औं बार्षिक साधारणसभाको बैठकबाट बृद्धवृद्धाहरूलाई सहायता शुभारम्भ गर्ने निर्णय भएबमोजिम पहिलो चरणमा उक्त सम्मान कार्यक्रम गरिएको संस्थाका कार्यवाहक अध्यक्ष सेते बिस्वकर्माले बताएका छन ।
    कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय बिरबहादुर थापाले राज्यले गर्नुपर्ने सम्मान कार्यक्रम दलित सहकारीले अत्यन्तै महत्त्वपूर्ण बिषय शुभारम्भ गरेकोमा शुभकामना व्यक्त गरेका थिए । सरकार पक्षले गर्नुपर्ने कार्यक्रम दलित बहुउद्देश्यीय सहकारी संस्थाले सुरु गरेको छ हामी गौरान्वित भएका छौ प्रदेशसभा सदस्य थापाले भने ।
    दलित सहकारीले थालनि गरेको रचनात्मक कार्यमा पुनर्वासका अन्य बयोबृद्ध हरूलाई सेवा दिन दलित सहकारीसंग समन्वय गरि प्रदेश सरकारले पहल गर्ने पनि थापाले प्रतिबद्धता व्यक्त गरे।
    जिवनको उत्तरार्धमा पुगेका आमाबुवाको सेवा गरणन पाउनु धर्मको बिषय रहेकोले यस्तो कार्यमा दत्तचित्त भएर लाग्नुपर्ने प्रदशसभा सदस्य थापाले जोड दिए ।
    सो अवसरमा नगर प्रमुख तोय प्रसाद शर्माले सहकारीले मुनाफा कमाउने मात्र नभई मुनाफाबाट केही रकम सामाजिक क्रियाकलापका कार्यक्रम गरेकोमा अत्यन्तै सकारात्मक पक्ष रहेको कुरा औंल्याए । दलित सहकारीले सुरुवात गरेको कार्यक्रममा बृद्धअबश्था रहेका आमाबुवाको सेवा गर्न पुनर्वास नगरपालिकाले पनि पहल गर्ने नगर प्रमुख शर्माले प्रतिबद्धता गरे ।
    बहुउद्देश्यीय सहकारी संस्थाको नाम अनुसार संस्थाले विभिन्न सामाजिक बिषयका कार्यक्रमहरू आयोजना गर्ने गरेको संस्थाका सञ्चालक समिति सदस्य कञ्चन गिरीले बताए ।
    दलित सहकारीले साच्चिकै सामाजिक सेवाका कार्यक्रम थालनि गरेको छ संस्थाका संरक्षक पदम प्रसाद शर्माले बताए ।
    हालका लागि बृद्धअबश्था भएका आमाबाबुको बृद्धआश्रम नै सञ्चालन गर्न नसकिएपनि निकट भबिस्यका त्यो व्यवस्थापन मिलाईने लेखा संयोजक रामसिंह बडुवालले बताए ।
    संस्थाका कार्यवाहक अध्यक्ष सेते बिस्वकर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य वीर बहादुर थापा रहनुभएको थियो भने बिशिस्ट अतिथिमा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा , पुनर्वास नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्णबहादुर तामाङ , संस्थाका संरक्षक पदम प्रसाद शर्मा, सञ्चालक सदस्य राजकुमार रायमाझीले गरेको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक दानबहादुर रावलले गरेका थिए ।

    Article inline ad #1
  • Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button