Above Article Ad
  • गोबिन्द भट्टराईको अभिनयमा रहेको “धनगढीको बसमा भाग २” सार्वजनिक(भिडियो सहित)

    Above Article Content Ad
  • पुनर्वास- विगतका केहि वर्ष देखि अस्ट्रेलियालाई कर्मथलो बनाएका कंचनपुरको पुनर्वास नगरपालिका-४, घ-गाउँ निवासी गोबिन्द भट्टराईको नयाँ गित सार्वजनिक भएको छ ।

    आईतबार बिशाल ईन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत मोडल गोबिन्द भट्टराईको अभिनयमा तयार भएको धनगढीको बसमा भाग २ गीत सार्वजनिक भएको हो ।

    Article inline ad #1
  • धनगढीको बसमा भन्ने गीतले बजारमा निकै चर्चा कमाएपछि एक वर्षको अन्तरालमै भाग २ गीत बजारमा ल्याउन सफल भएको मोडल भट्टराईले जानकारी दिए ।

    Article inline ad #2

    “लाहुरे झोलाको,आउँदा मलाई ल्याईदिनु कोसेली औंठी तोलाको” भन्ने लयमा रहेको उक्त गीत भाईटिका तिहारलाई केन्द्रित गरीएको भिडियोमा देखिएको छ ।

    थाहा नगरपालिका-८, बाहुन गाउँमा अभिनय गरेको गीतमा गीतकार नेत्र अर्यालको शब्द तथा अमृत सापकोटा, शान्तिश्री परियार, लक्ष्मी खड्का र सुप्रीम मल्लको स्वरमा थियो भने गोबिन्द पङ्गेनीको संगित रहेको थियो ।

    त्यस्तै भिडियोमा गोबिन्द भट्टराई, पुजा रिजाल, कमला घिमिरे, सुप्रिम मल्ल ठकुरी, अमृत सापकोटा, रश्मी भट्ट, खेम नेपाली, ज्योति सिलवाल लगायतको अभिनय छ ।

    ‘धनगढीको बसमा’कै निर्देशक काजीश श्रेष्ठको निर्देशनमा निर्माण भएको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेको थियो । भने सम्पादन विकास ज्ञवालीले गरेका थिए ।

    तिहारको छेउमै मोडल भट्टराईको गीत श्रोता तथा संगित प्रेमी माझ आईपुगेपछि यतिबेला “धनगढीको बसमा-२” ले बजार तताएको छ ।                                                                                         हेर्नुस बाकी भिडियोमा ………  https://youtu.be/N8k_uyjn54Y

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button