पुनर्वासमा स्वास्थ्य र पर्यटनका लागि युवाहरुको साईकल ¥याली, नगर प्रमुख पनि सहभागी
पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिकाका युवाहरुले स्वास्थ्य र पर्यटन प्रवद्र्धनका लागि साईकल ¥याली निकालेका छन् ।
शनिबार करिब ४० जना युवाहरुको समुहले पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी. को बाल उधानबाट बिचफाँटाको प्याराताल सम्म साईकल ¥याली निकालेका हुन् ।
बालउद्यानबाट सुरु गरिएको साईकल यात्रामा धनगढी, अत्तरीया, बेलौरी र पुनर्वासका युवाहरु, ७८ वर्षिया वृद्ध ठाकुरप्रसाद बराल र पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा पनि सहभागी हुनुभएको थियो ।
“हाम्रो सान, पुनर्वासको पर्यटन प्रर्वद्धनमा हाम्रो अभियान“ भन्ने मूल नारा सहित समयसमयमा स्वास्थ्य र पर्यटन प्रवद्र्धनका लागि यस्ता कार्यक्रमको आयोजना थप उत्साह किसिमले आयोजना गर्ने सामाजिक अभियान्ता रुपेश बि.क.ले बताउनुभयो ।
त्यस्तै सुदुरपश्चिममै प्रख्यात साईकल यात्री तथा रक्तदाता भरतबहादुर शाहले युवाहरुमा देखिएको जोश जागरले आफू निकै खुशी भएको कुरा व्यक्त गर्नुभयो ।
उहाँले पुनर्वासको चिनारीलाई समेत यस्ता कार्यक्रमहरुले ठुलो प्रभाव पार्ने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
त्यसैगरि सम्राट रेष्टुरेण्टका सञ्चालक सञ्जु गुरुङले युवाहरुले ल्याएको योजना प्रति आफ्नो पूर्ण रहेको बताउनुभयो ।
यसले वर्तमान समयमा युवाहरुमा देखिएको गाँजा, भाङ लगायतको बढ्दो लागुऔषध दुव्र्यसनीलाई समेत नियन्त्रण हुन सक्ने उहाँको भनाई छ ।
¥यालीका क्रममा शहिद गोबिन्द गौतमको शालिकमा माल्यार्पण र मौनधारण गर्दै यात्रा अगाडी बढाईएको थियो । कार्यक्रमलाई थप प्रभावकारी बनाउन पुनर्वास नगरपालिका कार्यालय,सम्राट रेष्टुरेण्ट, पि.एस.पी. ग्रुप पुनर्वास,पनेरु सुपथ पसल, लक्ष्मी भुजा तथा चिउरा र एन.पि. टे«डर्सले सहयोग पु¥याएका थिए ।
दुई हप्ता अघि यसरी नै मोटरसाईकल ¥याली पनि निकालिइको सामाजिक अभियान्ता बि.क.ले जानकारी दिए ।