
लागूऔषध तथा साईबर अपराधका घटना नियन्त्रणमा ठुलो भुमिका स्थानीयको हुन्छ : प्रजिअ अर्याल
हरिलाल जोशी/धनबहादुर बिक
पुनर्वास– खुल्ला भारतीय सीमानाकाका कारण बढ्दो लागूऔषध तथा साईबर अपराधका घटना नियन्त्रणमा सरकार लगायत सुरक्षा निकायको भन्दा ठुलो भुमिका स्थानीयको हुने प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताउनुभएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित श्री पुनर्वास जनता माध्यमिक बिधालयमा आयोजित एक दिने अन्र्तक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमूख जिल्ला अधिकारी अर्यालले सो कुरा बताउनुभएको हो ।
स्थानीयको सूचना नपाएसम्म यस्ता क्रियाकलाप नियन्त्रणमा जटिलता थपिएको र चाहेर पनि कानुनी कटघेरामा ल्याउन नसकिने अवस्था रहेको भन्दै यसमा बिधार्थीहरुले अझ अभियान्ताका रुपमा सक्रियता देखाउनुपर्ने प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई थियो । “लागुऔषध तथा साईबर अपराधको प्रकृति अनुसारको कानुनी सजाय हुने बिषयलाई विद्यार्थीहरुबाट काउन्सिलिङ गर्न सके यस्ता गतिविधि न्युनिकरण गर्न सकिन्छ ।” प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, “यस्ता अपराध सरकारको समस्या दर्साएर आफु मौन नभई सबैले आफ्नो कर्तव्य सम्झि नियन्त्रण गर्नुपर्छ । ”
त्यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामकुमार चौधरीले यस्ता विकृतिलाई नियन्त्रण गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने बताउनुभयो । एसपी चौधरीले बढ्दो मोबाइलको प्रयोगका कारण यतिबेला साईबर क्राईममा वृद्धि भईरहेको यसको मारमा युवा पिढि रहेको यसलाई नियन्त्रण गर्न सर्वप्रथम अभिभावक जिम्मेवार हुनुपर्ने कुरा सुनाउनुभयो ।
त्यसैगरि पुनर्वास नगरपालिका नगर प्रमुख तोया प्रसाद शर्माले भारतीय खुला सीमानाकासंग जोडिएको पुनर्वास नगरपालिकामा प्रतिबन्धित लागू औषधओसारपसार तिब्र रूपमा हुनेगरेपनि यद्यपि पछिल्लो समय प्रहरीको सक्रियताले केही हदसम्म नियन्त्रण हुँदै गएको अवगत गराउनुभयो । यसलाई पुर्णरूपमा नियन्त्रण गर्न प्रहरीको मात्रै प्रयासले सफल हुंदैन , आम नागरिकको पनि उत्तिकै दायित्व रहने नगर प्रमुख शर्माको तर्क थियो ।
कञ्चनपुुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगरप्रमूख तोया प्रसाद शर्माको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको बिशिष्ट अतिथीमा कञ्चनपुरका नेपाल प्रहरीका एसपी श्याम कुमार चौधरी र सशस्त्र प्रहरीका एसपी अमरबहादुर ऐर रहनुभएको थियो । त्यस्तै अतिथीमा पुनर्वास–६ का वडा अध्यक्ष मित्र सिंह लामा, समाजसेवी, बुद्धिजीवी , शिक्षक बिधार्थीहरुको उल्लेख्य सहभागिता थियो । भने कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी निरिक्षक नरेशराज मल्लले गर्नुभएको थियो ।