
सुदूरपश्चिमका लागि खुसीको खबर : डोटीका चार जनाको सकुशल उद्धार
रसुवा बाढीपछि सम्पर्कवि हीन भएका डोटीका चार जनाको सकुशल उद्दार, गाउँपालिकाले धनगढी ल्याउँदै
रसुवा बाढीपछि सम्पर्कविहीन भएका डोटीका चार जनाको सकुशल उद्दार भएको छ । अपर त्रिशूली २१६ हाइड्रोमा कार्यरत डोटीको जोरायल गाउँपालिका–५ का खडक रजबार, हिक्मत सेठी, मनोज सेठी र दुरन सेठी सोही हाइड्रोको सुरुङमा फसेका थिए ।
उनीहरुलाई भोलिपल्ट नेपाली सेनाले हेलीकोप्टरमार्फत उद्दार गरेर काठमाडौँ पुुगाएको थियो । चारै जनालाई जोरायल गाउँपालिकाले घर ल्याउन पहल गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझाले पालिकाकै खर्चमा उनीहरुलाई विमानमार्फत धनगढी र त्यहाँबाट गाडीमार्फत डोटी घरसम्म पुगाइने जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअनुसार रसुवा बाढीमा अहिलेसम्म एक सय ८४ जना सम्पर्कवि हीन भएको विवरण प्राप्त भएको छ । उनीहरु मध्ये ३८ जना सम्पर्कमा आइसकेका छन् ।
डोटीका चार जना समेत गरेर सम्पर्कमा आउनेको संख्या ४२ पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमबहादुर बिष्टले जानकारी दिएका छन् ।















