Above Article Ad
  • मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले गरे पहिरो प्रभावित क्षेत्रको निरिक्षण

    Above Article Content Ad
  • धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरूले आज पहिरो प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् ।

    मुख्यमन्त्री शाहसहित भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले कैलालीको गोदावरी नगरपालिका( ४ स्थित बुढितोलाको भावर टोलमा गएको पहिरो निरीक्षण गरेका हुन् ।

    Article inline ad #1
  • उनीहरूसँग सो क्षेत्रका सांसदहरू पनि पुगेका थिए । सोमबार राति पहिरो खसेपछि भीमदत्त राजमार्ग अवरुद्ध छ । अहिले पनि सडक खुल्न सकेको छैन । करिब १०० मिटर माथिबाट आएको पहिरोले सडक अवरुद्ध पारेको छ । त्यस्तै करिब ३०० मिटर सडक भासिएको छ ।

    Article inline ad #2

    मुख्यमन्त्री शाहले चाँडै सडक सुचारु गर्ने काम गर्न सरोकारवालाहरुलाई निर्देशन समेत दिएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button