Above Article Ad
  • जन्मदिनमा सामाजिक अभियान्ता जोशीले डोटीका कैदीबन्दी, बिद्यार्थी र  विपन्न परिवारलाई सहयोग 

    Above Article Content Ad
  • डोटी- मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) संस्थाका अध्यक्ष तथा सामाजिक अभियान्ताको रुपमा परिचित भक्तराज जोशी विभिन्न सामाजिक कार्य गर्दै आफ्नो जन्मदिन मनाउदै आएका छन् ।

    आईतबार अभियान्ता जोशीले आफ्नो ४८ औं जन्मदिन डोटीको कारागारका कैदीबन्दीलाई खेलकुद सामाग्री, विपन्न बिद्यार्थीलाई पोशाक र विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै  मनाएका हुन् ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • डोटीको कारागार तथा बाल सुधार गृहका कैदीबन्दीलाई ब्याडमिन्टन, भलिबल ४ थान, १ थान क्यारेमबोर्ड १० प्याकेट, कक ४ प्याकेट, पानी छान्ने फिल्टर ४ थान वितरण त्यस्तै
    भगवती माध्यमिक बिधालयका १० जना विपन्न परिवारका बिद्यार्थीलाई पोशाक र पुर्विचौकी-२ का ५२ जना विपन्न तथा गरीब परिवारलाइ चामल, दाल र तोरीको तेल सहितको खाद्यान्न वितरण गरेको हो ।

    Article inline ad #2
  •  

    अभियान्ता जोशीले यस वर्ष मात्रै सामाग्री वितरण गरेको नभई विगतका वर्षमा पनि आफ्नो जन्मोत्सव यस्तै सामाजिक कार्य गर्दै मनाएका थिए ।

    उनले ४६ औं जन्मदिनमा धनगढी उपमहानगरपालिका-२ का विपन्न ४० जनालाई खाद्यान्न वितरण गरे भने ४७ औं जन्मदिन डोटीको लडागडाका २५ जनालाई खाद्यान्न वितरण गरि मनाएका हुन् ।

    आफ्नो ज्यानको कुनै प्रवाह नगरी उनी विश्वव्यापी महामारीका रुपमा रहेको कोभिडका बेला भारतबाट आउने नेपालीलाई खाजा, पानी, रिचार्ज, मास्क सेनिटाईजर वितरण गर्दै सीमा नाकामा प्रत्यक्ष उद्वारमा खटिएका थिए ।

    उनले विपन्न, गरिब र समस्यामा परेका परिवारलाई सहयोग गर्न पाउनु नै आफ्ना लागि ठुलो सौभाग्य भएको बताए ।

    जन्मदिन भन्दै विभिन्न होटल तथा रेष्टुरेन्टमा साथीभाई हरु संग रमाईलो गरी खर्चनु भन्दा असहाय, गरिब र विपन्न परिवारलाई खर्चनु अति उत्तम हुने उनको सबैमा सुझाव छ।

    त्यसैगरी अभियान्ता जोशीले जन्मदिनमा सामाग्री वितरण पश्चात फेसबुकमा विशेष गरि डोटेली मनहरुका साथमा उहॅाहरुको आशिर्वाद प्राप्त गर्ने अवसर यो पटक पनि पाए भनि लेखेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button