डोटीको सायलमा अधिकृत सापकाेटा सहित ७ जना विरुद्द बिशेष अदालतमा मुद्धा दायर
डोटी: अख्तियार दुरुपयोग आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सहित ७ जना विरुद्द बिशेष अदालतमा मुद्धा दायर गरिएको छ।
तत्कालिन निमित्त प्रमुख नवराज सापकोटा, तत्कालीन इन्जिनियर किरण सागर भण्डारी, वडा नम्बर ५ का वडा अध्यक्ष गणेशबहादुर बोगटी, तत्कालीन लेखापाल दीपक कार्की, उपभोक्ता समितिका अध्यक्ष दुली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्मा कुमारी बोगटी ‘खड्का’ ले १४ लाख ३४ हजार २८६.१४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले बताएको छ।
आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन रकमबाट मेल्लेख चपन्ना सडकको काम नगरी मिलेमतोमा रकम भुक्तानी दिई अनियमितता गरेको बारे उजुरी परेको थियो। उजुरीका आधारमा छानविन गर्दा अनियमितता गरेको पाएपछि सातैजनाविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ।


























One thing that stands out about Melbet Casino is the number...