Above Article Ad
  • पुनर्वास उद्याेग वाणिज्य संघद्वारा नव निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना

    Above Article Content Ad
  • पुनर्वास ।     नवनिर्वाचित कञ्चनपुर १ का प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई पुनर्वास उद्याेग वाणिज्य संघले सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेकाे छ ।
    शनिवार पुनर्वास उद्याेग वाणिज्यकाे सभाहलमा प्रतिनिधि सभा सदस्य तारालामा तामाङ्ग, प्रदेश सभा सदस्य विर बहादुर थापा र दिवान सिँह बिष्टलाई बधाई ज्ञापन गरिएकाे थियाे । कार्यक्रममा बाेल्दै तारालामा तामाङ्गले निर्वाचन क्षेत्र नं. १ काे समग्र विकासका लागि मिलेर जानुकाे विकल्प नरहेकाे बताउनु भयाे । आफुहरु निर्वाचित संसद भएकाले अब पार्टि बिषेशकाे नभई साझा प्रतिनिधि भएकाे तामाङ्गले बताउनु भयाे । पुनर्वास नगरपालिका सुदूरपश्चिम प्रदेश काे राजधानि सँग जाेडिएकाे हुनाले पुनर्वासलाई पर्यटकिय गन्तब्यकाे रुपमा स्थापना गरिने उहाँले बताउनु भयाे ।
    कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेश सभा सदस्य विर बहादुर थापाले लालझाडी र पुनर्वासका जनताका लागि भाैतिक तथा सामाजिक विकास आवश्यक रहेकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भयाे । आफ्नाे कार्यकालमा आफ्नाे क्षेत्रमा अामुल परिवर्तन गरेर छाड्ने बताउनु भयाे । त्यसैगरी कार्यक्रममा बाेल्दै अर्का प्रदेश सभा सदस्य दिवान सिँह बिष्टले बेलाैरीलाई स्मार्ट सिटीकाे रुपमा स्थापना गर्न आफ्नाे पहल रहने बताउनु भयाे । बेलाैरी र बेल्डाँडीका जनताले प्रत्यक्ष लाभ पाउने गरी विकासका याेजना ल्याउने दिवान सिँह बिष्टले बताउनु भयाे । बेलाैरीमा छिट्टै छाेटी भन्सार कार्यालय छिट्टै सञ्चालनमा ल्याउने र सिमा क्षेत्रमा हुने आपराधिक गतिबिधि न्युनिकरण गर्न आफु लागिरहेकाे जानकारी गराउनु भयाे । स्थानियलाई कृषी क्षेत्रमा आत्मनिर्भर बनाउन विद्युतिय सिँचाई, कृषि औजार, निशुल्क बिऊबिजन तथा प्राबिधिक सहयाेग गरिने प्रदेश संसद दिवान सिँह बिष्टले प्रतिबद्धता जनाउनु भयाे ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button