निड्स नेपालद्वारा सिमरी र रातोतालका ह्याण्ड पम्प सफाई
Above Article Content Ad
पुनर्वास–असोज महिनामा आएको बाढीले पुनर्वास नगरपालिका–५ सिमरी र रातोताल गाँउका प्रयोग विहिन बेका ह्याण्ड पम्प प्रयोगमा आएका आएको छ ।
बाढीले ह्याण्ड पम्प (नल्का) भित्र लेदोले भरेपछि त्यस गाँउका स्थानियहरु पानी पिउनबाट बञ्चित भएको एक महिनापछि निड्स नेपाल र केयरको सहयोगबाट प्रयोगमा ल्याइएको हो ।
तत्कालै नल्काको पानी पिउँदा विभिन्न संक्रमण रोगको प्रकोप फैलिन सक्ने स्वास्थ्यकर्मीको भनाई पछि सो क्षेत्रका बासिन्दाहरुले नल्काको पानी पिउनै छाडेका थिए ।
निड्स नेपाल र केयरले सो क्षेत्रका १ सय ३९ ह्याण्ड पम्पमा क्लिजिङ पाउडरको प्रयोग गर्दै सफाईसँगै नल्काका बाहिरी र भित्रि सामान फेरि प्रयोगमा ल्याएको निड्स नेपालका कार्यक्रम संयोजक नविनचन्द्र भट्टले बताए ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad