Above Article Ad
  • अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दै आज ऋषि पञ्चमी मनाइँदै

    Above Article Content Ad
  • काठमाडौँ-नेपाली महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्दै आज ऋषि पञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन ऋषि पञ्चमी मनाउने गरिन्छ।

    पर्वका अवसरमा बिहानै उठेर नित्यकर्म पूरा गरी तीज व्रतको पारायण गरेपछि महिलाहरू नदी, खोला, ताल, तलैया तथा पोखरीमा गएर स्नान गर्ने परम्परा छ। स्नानका क्रममा ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी प्रयोग गर्ने धार्मिक चलन रहेको छ।

    Article inline ad #1
  • यस वर्ष चौथी तिथि टुटेकाले तीज व्रतको भोलिपल्टै ऋषि पञ्चमी परेको छ। त्यसैले तीज व्रतको पारायण सकेपछि पञ्चमी स्नानलगायतका धार्मिक कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत छ।

    Article inline ad #2

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भए पनि ऋषि पञ्चमी भने महिलाले मात्र मनाउने पर्वका रूपमा वर्णन गरिएको छ।

    धार्मिक मान्यताअनुसार रजस्वलाका क्रममा कुनै त्रुटि वा छुईछाई भएमा ऋषि पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विश्वास छ। दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने तथा पञ्चगव्य सेवन गर्ने परम्परा पनि यसै विश्वाससँग जोडिएको छ।

    स्नानपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिन्छ। सप्तऋषिको पूजा गरिने भएकाले भाद्र शुक्ल पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6