Above Article Ad
  • कंचनपुरको सिमरी र रातोतालका बाढी पिडितलाई झुल वितरण

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–२ र ५ का बाढि पिडितलाई डेँगु रोगबाट बच्न झुल वितरण गरेको छ ।
    बिहिबार बि.एम.डि.एम.आई. को आर्थिक सहयोग तथा निड्स नेपाल अन्तर्गत वातावरण तथा शिक्षा विकास केन्द्रको समन्वय र पुनर्वास–५, वडा कार्यालयको आयोजनामा सिमरी र रातोतालका स्थानियलाई ४ सय २ थान झुल वितरण गरेको हो ।
    बाढी पछि त्यस क्षेत्रका स्थानियलाई विषालु सर्प,किरा लगायत लामखुट्टेको टोकाईबाट बचाउन वडाध्यक्ष पदम रोकायाले प्रस्ताव राखेपछि गैरसरकारी संस्थाले वितरण गरेको थियो ।
    अध्यक्ष रोकायाले भने, निड्स नेपालका सहयोगीकर्ता जयबहादुर महरालाई अनुरोध गरेको थिए । उहाँले बि.एम.डि.एम.आई. नामक गैरसरकारी संस्थासँग समन्वय गरी झुल वितरण कार्यक्रम ल्याएको जानकारी दिए ।
    झुल वितरण कार्यक्रममा बि.एम.डि.एम.आई.का असिस्टेन्ट कन्ट्री डाईरेक्टर बिनोद देशर, वडाध्यक्ष पदम रोकाया,निड्स नेपालका कार्यक्रम संयोजक नविन चन्द्र भट्ट,कार्यक्रम सहयोगीकर्ता जयबहादुर महरा, सहजकर्ता रामचन्द्र लगायत वडा सचिव रामराज जोशी,वडा सदस्य कबिता पुजारा र लालबहादुर राना उपस्थित थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Upgrade with 0% interest

  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button