Above Article Ad
  • पुनर्वासमा कृषकहरुसंग जुनोटिक रोग सम्बन्धी अन्तरक्रिया

    Above Article Content Ad
  • धनबहादुर बिक
    कञ्चनपुर
    जुनोटिक रोग सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम शुक्रबार पुनर्वास मा सम्पन्न भएको छ ।
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर द्वारा आयोजित कार्यक्रममा पशुपंछि बाट मान्छेलाई तथा मान्छे बाट पशुपंछि मा सर्ने विभिन्न ६० प्रकारका रोगहरू बारे जानकारी गरिएको थियो ।
    हाम्रो समाजमा अंझै पनि कतिपय पशुरोग मानिसमा सर्ने
    भन्ने कुरा आश्चर्यको रुपमा लिइन्छ आर्थिक, सामाजिक र धार्मिक कारणले गर्दा नेपालीहरको पशुपक्षीसंग ज्यादै नै घनिष्ट सम्बन्ध रहि आएको छ • स्वस्थ्य जीवनको लागि बढी भन्दा बढी पशुजन्य पदार्थ जस्तै दुध, दही
    मासु फूल, घ्यू र चीजको उपभोगमा क्रमशः वृद्धि हुदै आएको अन्तर्राष्ट्रिय व्यापार बनेको कुरा एक तथ्यांक ले देखाउदै आाएको जिल्ला पशु अधिकृत महेन्द्रराज पाण्डेले बताउनुभयो

    बिशेषगरी रेबिज का जिवाणु रोगी पशु पछी वा रोगी पशु पछी जन्य खाध्य पदार्थ को सेवन गर्ने उपभोक्ताहरु , घरपालुवा जनावर, कुकुर बिराला पाल्ने कृषकहरु , वधशालामा कामगर्ने बधशाला कर्मी र मासु व्यावसायीहरु , प्रयोगशालामा काम गर्ने प्राविधिकहरु पशु पछी प्रशोधनशालामा काम गर्ने कर्मी ,
    मासु निरिक्षक, पशु चिकित्सक र पशु चिकित्सा पेशामा संलग्न
    पशु चिकित्साकर्मीहरु लाई बढी सर्ने सम्भावना रहेको पशु विज्ञ पाण्डेले जानकारी दिनुभयो ।
    :- बर्ड फुलु रोग बाट किन डराउने

    Article inline ad #1
  • जुनोटिक Zoonotic रेबिजबाट सर्ने खतरनाक रोग हो र यसबाट ठुलो आर्थिक नोक्सानि हुन्छ ।बढि मृत्यू दर हुन्छ ।

    Article inline ad #2

    :– सामाजिक संरचनामा समेत खलबल हुन सक्छ

    जैविक संरचना बदलि रहन्छ Antigenic Shift and drift ( 1918 मा H5N1 को 2% र हाल 60% को मृत्यू दर छ) एक पटक को खोप आर्को पटक लाइ काम नगर्ने । उपचार नभएको भए महगो छ । मान्छे देखि मान्छेमा सर्ने डर छ ।

    केहि वैज्ञानिक तथ्यांक अनुसार ६० प्रतिशत पशुका रोगहरु मान्छे लाइ सर्न सक्दछन ७५ प्रतिशत नया रोगका श्रोत पशु नै छन ७० प्रतिशत रोग व्यापारका माध्यम बाट सर्दछन , ७७ प्रतिशत रोग अन्तरराष्ट्रिय यात्रा वाट सर्ने गर्द छन ।

    :- जोनोटिक रोगहरुको जोखिममा को को पर्दछन ?
    यो विषाणुहरुद्वारा हुने अति खतरनाक रोग हो। यो रोग सबै तातो रगत भएकाहरुमा देखिनछ। यो रोग गाइभैसी, भेडा, बाखा, सुगुर मगर, स्थान, मानिस तथा चराहरु लगायत सबै जगलि जनावरहरमा देखा पर्दछ यो रोगका विषणुहरु ने स्नायुप्रणालिमा यहि प्रभावित गर्दछन।

    विज्ञ हरूका अनुसार रोगि जनावर को स्थानमा असख्य विष हुने हुनाले रोगी पशु ले स्वास्थ्य पशु लाइ टोक्दा वा चोट पटक लागेको घाउमा रोगीको स्थान पर्दा यो रोग सर्दछ

    तथ्यांक अनुसार रोग लाइ सार्नमा कुकुर, बिरालो, स्याल तथा वाँसों को मुख्य भूमिका रहन्छ विषाणुहरु लक्षण देखाउनु भन्दा ३ देखि ६ दिन अगाडिने स्थानमा आउने गर्दछ ।
    रोगहरूबाट वचन रेबिज बिरूद्ध अनिवार्य भ्याक्सिन लगाउनुपर्ने पशु अधिकृत पाण्डेले बताए ।
    जिल्ला भेटेरीनरीको आयोजनामा भएको कार्यक्रममा पशु अधिकृत महेन्द्रराज पाण्डेले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा प्रमुख अतिथि रहनुभएको थियो । पुनर्वास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदमबहादुर रोकाया , पुनर्वास नगरपालिका प्रमुख प्रसासकिय अधिकृत गणेश सिंह ऐर, पुनर्वास पशु सेवा प्रमुख अनिता केसी , कृषि सेवा प्रमुख कर्ण बहादुर शाही कार्यक्रम का बिशिस्ट अतिथि रहेका थिए ।
    कार्यक्रममा पशु चिकित्सक , मासु व्यवसायी , कुखुरा , बाख्रा , गाई भैंसी पालक किसान गरि ३० जनाको उपस्थिति रहेको थियोे ।
    सामान्य मानिदै आएको मा पशुबाट मान्छेलाई तथा मान्छे बाट पशुलाई सर्ने डरलाग्दा रोगहरू प्रति हामिहरू अनविज्ञ थियौ तर पशु विज्ञ हरूले देखाएको खतराजन्य रोगबाट वच्न सम्पुर्ण नगरवासी सचेत हुनुपर्ने र पशु चिकित्सक बाट सल्लाह लिनुपर्ने नगर प्रमुख तोया प्रसाद शर्माले आफ्नो भनाइ व्यक्त गर्नुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by