Above Article Ad
  • पुनर्वासमा खप्तड सायल समाजद्वारा बृहत रक्तदान

    Above Article Content Ad
  • पुनर्वास- बुधबार कंचनपुरको पुनर्वासमा “रक्तदान जीवन दान” भन्ने नारा सहित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    पुनर्वास नगरपालिका-६ प्रतिभानगरको खुल्ला मञ्चमा खप्तड सायल समाजको आयोजना तथा नेपाल रेडक्रस उपशाखा पुनर्वासको समन्वयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    Article inline ad #1
  • समाजका अध्यक्ष नन्द बहादुर सिंहको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुनर्वास नगरपालिकाका जनप्रतिनिधि लगायतका बौद्धिक व्यक्तित्वहरु अतिथीमा आसिन हुनुभएको थियो ।

    Article inline ad #2

    कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख शर्माले खप्तड सायल समाजले रक्तदान जस्तो एकदमै महत्त्वपूर्ण सामाजिक कार्यको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    उहाँले रगतदान गर्नु शरीरको स्वास्थ्यका लागि फाईदा मात्रै हैन, यसले अरुको ज्यान बचाउनमा ठुलो मद्दत गर्छ भन्दै उपस्थित सबैमा विजया दशमी, दिपावली तथा छ्ठ पर्वको शुभकामना दिनुभयो ।

    त्यस्तै समाजका अध्यक्ष सिंहले आफ्ना क्षेत्रका सबै व्यक्तिलाई समेटी एकताबद्ध गराउन खप्तड सायल समाजको गठन भएको बताउनुभयो ।

    हामीले समयसमयमा विभिन्न सामाजिक कार्य गर्दै आएका छौ र आगामी दिनमा अझै यस्ता कार्यक्रमलाई प्राथमिकता दिदै गए आफ्ना समुदायका व्यक्तिहरुमा पारस्परिक सम्बन्ध समेत बिस्तार हुने उहाँको भनाई छ ।

    बिहान ८ बजेदेखि दिउँसो साढे दुई बजेसम्म सञ्चालन भएको बृहत रक्तदान कार्यक्रममा ४० पुरुष र २ महिलाले रक्तदान गरेको पुनर्वास नगरपालिका-५ का वडाध्यक्ष पदम रोकायाले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button