Above Article Ad
  • गौरी शंकर माध्यमिक बिद्यालयको ५१ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास- पुनर्वास नगरपालिका-५, भानुबस्ती स्थित गौरीशंकर माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सब तथा अभिभावक भेला समारोह सम्पन्न भएको छ ।

    आईतबार प्रतिकुल मौसमका बाबजुद पनि विद्यालयले ५१ औं वार्षिकोत्सब तथा अभिभावक भेला समारोह विभिन्न साँस्कृतिक कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भएको हो ।

    Article inline ad #1
  • बिधालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर बोहराको सभाध्यक्ष तथा पुनर्वास नगरपालिका-५ का वडाध्यक्ष पदम रोकायाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्वहरु अतिथीमा आसिन हुनुहुन्थ्यो ।

    Article inline ad #2

    कार्यक्रममा सो बिधालयमा लामो समय अध्यापन गराई सेवा निर्वृत्त हुनुभएका शिक्षक एकनारायण पोख्रेललाई सम्मान सहित बिदाई र उत्कृष्ट शिक्षिकाको रुपमा रेखा थापालाई सम्मान समेत गरिएको थियो ।

    समारोहका बीच स्वर्गिय बुवाको सम्झनामा जयदेव भट्टले १५ हजार, सकुन्तला क्षेत्री र रमा बोगटीले २० हजारको अक्षय कोषका लागि आर्थिक सहयोग गर्नुभएको थियो । भने नवराज ओझाले बुवाको सम्मानार्थ २० हजारको अक्षयकोषका लागि सहयोग आएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर थापाले जानकारी दिनुभयो ।

    बिद्यालयका प्रधानाध्यापक थापाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमलाई सञ्चालन शिक्षद्वोय दीर्घराज घिमिरे र भक्तबहादुर रोकायाले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button