Above Article Ad
  • धनगढीमा २५ वर्षीया गुमादेवीको शंकास्पद मृत्यु, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग

    Above Article Content Ad
  • धनगढी उप महानगरपालिका–१९ की २५ बर्षिया गुमादेवि जोशीको संकास्पद मृत्यु भएको भन्दै माइति पक्षले निश्पक्ष छानविनको माग गरेका छन् ।

    माइतिपक्षले गुमादेविको कुटपिट गरी हत्या भएको आसंका गरेका छन्।असोज ८ गते राती १ बजे मृतकका श्रीमान तेजराज जोशी, साशु लगायत घरका सदस्यले गुमालाई निर्घात कुटपिट गरेर ज्यान पार्ने प्रयास गरेको मृतकका दाजू टीकाराम जोशीको आरोप छ।

    Article inline ad #1
  • ‘श्रीमान श्रीमतिको लामो सयम देखि झगडा भइरहेको हामीले जानकारी पाएका थियौं,’ मृततका दाजू टीकाराम जोशीले भने, ‘असोज ८ गते दिउँसो माइत जान्छु भन्दा बहीनिलाई रोकेछन्,राती कुटपीट गरेर गम्भिर घाइते बनाए,उपचारका क्रममा बुधबार मृत्यु भएको छ।’

    Article inline ad #2

    मृततका घरका मान्छेले घटनालाई लुकाउन आत्महत्याको प्रयास गरेको देखाउन खोजेको टीकारामाको आरोप छ।‘राती कुटपीट गरेर कसैलाई जानकारी नगराई कैलाली अस्पतालमा भर्ना गरिए छ, दुई दीन पछि मात्रै आत्महत्या प्रयास भन्दै प्रहरीलाई जानकारी गराइएको छ।

    आत्महत्या प्रयास भए त्यसै राती प्रहरीलाई जानकारी हुनुपर्दथ्यो, टीकारामले भने, ‘यसमा सरासर ज्यान मार्ने उद्देश्य देखिन्छ, दोषिमाथी कडा कारवाही हुनुपर्छ ।’ मृतकका श्रीमानले राती नशालुपर्दा सेवन गरी आफ्नी बहीनिलाई ज्यान मार्नेगरी आक्रमण गरेको उनको आरोप छ।

    असोज ८ गते राती कैलाली अस्पतालको भेन्टिलेटरमा भर्ना भएकी गुमाको (बुधबार) मृत्यु भएको उनले बताए।गुमाको मृतक शरिर पोष्टमार्टमका लागि सेती अस्पतालको शव गृहमा राखिएको छ। घटनाको अनुसन्धान गर्न प्रहरीले मृतकका श्रीमान तेज जोशी र अर्का एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6